समाचार
चक्कु प्रहार गरेको आरोपमा हेटौंडाका युवक पक्राउ
काठमाडौं । विद्यालयका सुरक्षा गार्डमाथि चक्कु प्रहार गरेको आरोपमा प्रहरीले हेटौंडाका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ सिक्रेनी घर भई हाल काठमाडौं बुढानीलकण्ड नगरपालिका वडा नम्वर ५ बस्ने १९ वर्षीया निमा लामा रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, लामाले बुढानीलकण्ठ नगरपालिका...
भीमफेदी कारागारका ३० जना कैदीबन्दीको कैद सजाय मिनाह गर्न सिफारिस
मकवानपुर । सरकारले कैद माफीका लागि मकवानपुरको भीमफेदी गाउँपालिकास्थित भीमफेदी कारागारका ३० जनाको नाम सिफारिस गरेको छ । शुक्रबार बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठकले प्रजातन्त्र दिवसको अवसरमा देशभरका ५०१ जना कैदीबन्दीको कैद सजाय मिनाह गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको थियो । सोही अनुसार, भीमफेदी कारागाकारमा कैद सजाय...
आजको मौसम सामान्यतया सफा रहने
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा कुनै उल्लेखनीय प्रणाली नरहेको जनाएको छ । देशको पहाडी भू–भागमा आंशिक बदली रही तराईका थोरै भू–भागमा हुस्सु र कुहिरो लागेको छ र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । महाशाखाका अनुसार शनिबार देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा...
ट्याक्टरबाट लडेर मकवानपुरका युवकको मृत्यु
मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्वर २ शिखरकटेरीमा ट्याक्टरबाट लडेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय शुसिल विक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । शुक्रबार राति शिखरकटेरीमा अनटेष्ट ट्याक्टरबाट लडेका विकलाई सोही ट्याक्टरले किचेको थियो । प्रहरी नायव उपरीक्षक...
प्रदेश प्रमुख शर्माद्वारा प्रजातन्त्र दिवसको शुभकामना
मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले ७२ औँ प्रजातन्त्र दिवसको अवसरमा समस्त नेपालीहरुलाई बधाई तथा शुभकामना दिएका छन् । प्रदेश प्रमुख शर्माद्वारा जारी गरिएको शुभकामना सन्देशमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको कामना गरिएको छ । उनले यस अवसरमा सम्पूर्ण ज्ञात अज्ञात शहीदप्रति श्रद्धाञ्जलीसमेत व्यक्त...
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै
काठमाडौं । आज (शनिबार) नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक बस्दैछ । बैठक बिहान ११ बजे नयाँबानेश्वरस्थित अर्याल होटेलमा बस्ने भएको हो । सो बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल हुनेछ । सत्ता गठबन्धनको बैठकमा र सार्वजनिक कार्यक्रमहरूमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमसीसी जस्ताकोतस्तै संसदबाट...
मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु
नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–११ स्थित रानीपाकडमा मोटरसाइकलको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । लु १९ प १८७१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ६ वर्षीय बालक निमराज चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । भैहरवा–भूमही सडक खण्डमा सो मोटरसाइकल उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको थियो । दुर्घटनामा गम्भिर...
प्रजातन्त्र दिवसमा ५०१ कैदीबन्दीको सजाय मिनाहा
काठमाडौं । सरकारले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा ५०१ जना कैदीबन्दीको कैद सजाय मिनाह गरेको छ । शुक्रबार बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता सागर आचार्यले जनाएको छ । उनका अनुसार प्रकाश शेर्पा फिनासा...
स्थापना दिवसको अवसरमा खेलकुद प्रतियोगिता
मकवानपुर । हेटौंडा क्याम्पसले दिन दौड प्रतियोगिताको आयोजना गरेको छ । क्याम्पसले आफ्नो ३२ औं स्थाना दिवसको अवसरमा आयोजित कार्यक्रमअन्तरगत आज पहिलो दिन दौड प्रतियोगिताको आयोजना गरेको छ । प्रतियोगितामा सागर लामा प्रथम, विवेक राना मगर द्वितीय, शेख स्याङ्तान तृतीय भएका छन् भने छात्रा दौडमा रोशनी घलान प्रथम, सुजता...
थप ४३७ जनामा कोरोना संक्रमण
काठमाडौं । नेपालमा थप ४३७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९ हजार ९१ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा ५ हजार १३३ जनाको पीसीआर परीक्षणमा २७५ जना र ३...










