समाचार

वीपी विचार समाजले मनायो ७३ औं प्रजातन्त्र दिवस

मकवानपुर । वीपी विचार समाज मकवानपुरले ७३ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाएको छ । हरेक वर्ष फागुन ७ गते मनाउँदै आएको प्रजातन्त्र दिवस शनिबार हेटौंडामा प्रजातान्त्रिक अभ्यास र जनआकर्षणको लागि नेतृत्वको विषयक विचार प्रवाह कार्यक्रम गरी मनाइएको हो । कार्यक्रम वीपी विचार समाज मकवानपुरका कार्यबाहक अध्यक्ष प्रदिप कोइरालाको सभाध्यक्षता...

हेटौंडा–१० मा कांग्रेसको वडा कार्यालय स्थापना

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० मा नेपाली कांग्रेको वडा कार्यालय स्थापना गरिएको छ । कांग्रेस मकवानपुरका सल्लाहकार तथा नेपाल विद्यार्थी संघ पूर्वमहामन्त्री प्रभातकुमार दाहालले एक कार्यक्रमबीच रिबन काटेर उक्त कार्यालयको उद्घाटन गरेका हुन् । स्थानीय तहको निर्वाचन मिति घोषणा भएसँगै धमाधम पार्टी कार्यालय स्थापना भइरहेको छ ।...

गजल यात्राको १८७ औं शृङ्खला

मकवानपुर । गजल मञ्च मकवानपुरको आयोजनामा गजल यात्राको १८७ औं शृङ्खला शनिबार सम्पन्न भएको छ । हरेक महिनाको पहिलो शनिबार आयोजना गरिँदै आएको गजल यात्राको शनिबारको शृङ्खलामा मकवानपुरका करिब एक दर्जन गजलकारले गजल बाचन गरेका थिए । मञ्चका अध्यक्ष देवराज तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरका अग्रज साहित्यकार रमेशमोहन अधिकारीको...

मनहरीका निकुञ्ज प्रभावितलाई खाद्य अधिकारमा चुनौति

मकवानपुर । जिल्लाको मनहरी गाउँपालिकाको निकुञ्ज प्रभावित क्षेत्रका नागरिकहरुलाई दिनप्रतिदिन खाद्य अधिकारमा चुनौती बढेको छ । उनीहरुको निकुञ्जका कारण जिविकोपार्जनमा समस्या हुँदा खाद्य अधिकारमा चुनौती बढेको हो । मनहरीको ल्होथर, सुनाचुरी, नयाँवस्ती, रमौली प्रतापपुर, जोगीताल र आसपासका ठाउँहरु निकुञ्ज प्रभावित क्षेत्र भएकाले बर्षभरी दुःख गरेर उब्जाएको खाद्यान्न समय–समयमा जंगली...

आज मौसम सामान्यतया सफा रहने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून प्रणालीको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, न्यून प्रणालीका कारण पहाडी भू–भागमा आंशिक बदली लागेको छ भने तराईका केही भू–भागमा हुस्सु र कुहिरो लागेको र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । आज देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य...

फेरी बढ्यो पेट्रोलियम पदार्थको भाउ

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमले डिजेल, पेट्रोल र मट्टितेलको भाउ शनिबार रातिदेखि लागु हुने बढाएको हो । निगमका प्रवक्ता विनितमणि उपाध्ययका अनुसार, डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटरमा ३ रुपैयाँले बढाइएको हो । यसअघि गत माघ १८ गते निगमले मूल्य बढाएको थियो...

आज सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । आज सत्ता गठबन्धनको बैठक बस्दैछ । अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्न लागेको हो । बैठक बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । सो बैठकले एमसीसी संसदमा पेस गर्ने कि नगर्ने भन्ने विषयमा साझा धारणा तय गर्ने छ ।...

इन्द्र बानियाँले अपाङ्ग बनाएको कम्युनिष्टलाई प्यारालाइसिस बनाउँछु – लामिछाने

मकवानपुर । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले मकवानपुरसहित बाँकी जिल्लाहरुको अधिवेशन आउँदो फागुन १६ गते गर्ने गरी तयारी गरेको छ । मकवानपुरमा कार्यबाहक सभापति विष्णु लामिछानेसहित ५ जनाले सभापति पदमा आकाँक्षा व्यक्त गरेका छन् । सरकारले स्थानीय तहको निर्वाचनको मिति पनि घोषणा गरिसकेको अवस्था छ । स्थानीय तह निर्वाचन अघि...

मकवानपुरमा सवारी दुर्घटना, दुई घाइते

मकवानपुर । मकवानपुरको इन्द्रसरावरमा आज (शनिबार) सवारी दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । काठमाडौंबाठ हेटौंडातर्फ आउँदै गरेको प्रदेश २–०३–००१ च ५२४५ नम्वरको बोलेरो गाडी इन्द्रसरोवर गाउँपालिका–२ स्थित कलंकीमा दुर्घटना हुँदा स्थानी दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाइते हुनेमा स्थानीय १७ वर्षीया...

नक्कली सुनको गहना बेच्ने गुप्ता प्रहरीको फन्दामा

काठमाडौं । प्रहरीले नक्कली सुनको गहना बेच्ने कार्यमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा कल्याणपुर घर बताउने ३२ वर्षीय पङ्कज कुमार गुप्ता रहेका छन् । उनलार्ई बुधबार पक्राउ गरेको प्रहरीले जनाएको छ । काठमाडौं बुढानीलकण्ठ नगरपालिका–८ मानबहादुर मार्ग नजिकै रहेको असिम सुनचाँदी पसलमा...