समाचार

कर्मचारी मिलन केन्द्रको अध्यक्षमा सापकोटा

मकवानपुर । कर्मचारी मिलन केन्द्र मकवानपुरको अध्यक्षमा डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख शिव सापकोटा चयन भएका छन् । बिहीबार सम्पन्न वार्षिक साधारणसभाले सापकोटाको संयोजकत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । यसैगरी, केन्द्रको उपाध्यक्षमा राजेन्द्र लामिछाने र ललिता पाण्डे, सचिवमा दिनानाथ गौतम, कोषाध्यक्षमा रमेश अर्याल चयन भएका छन्...

मकवानपुरमा थपिए ४ कोरोना संक्रमित, भए ६ संक्रमणमुक्त

मकवानपुर । मकवानपुरका थप ४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३२ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएके स्वास्थ्य कार्यालय मकवानपरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, सो अवधिमा २० जनाको पीसीआर परीक्षण गर्दा २ जनामा र १२ जनाको एन्टिजेन परीक्षण...

एमसीसी पास गर्न हाम्रो समर्थन हुँदैन: माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना एमसीसी संसद्मा टेबुल गर्न सहमत भएपनि पास गर्न समर्थन नगर्ने बताएका छन् । सत्तारुढ चार दलका शीर्ष नेताहरुबीच भएको सहमतिअनुसार आज प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल भएको छ । संसद बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले...

मोटरसाइकल चोरी गर्ने ठकुरी प्रहरीको फन्दामा

काठमाडौं । तीन वटा मोटरसाइकल चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं बानेश्वरका २१ वर्षीय पुल्कित ठकुरी रहेको प्रहरीले जनाएको छ ।उनलाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले शुक्रबार काठमाडौं महानगरपालिका–३२ नरेफाँट सत्य साइँबाबा मन्दिर नजिकबाट पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो । उक्त...

हेटौंडा–१५ का ५५ जना विद्यार्थीलाई न्यानो कपडा वितरण

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ रातोमाटेस्थित जनजागृति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । हेटौंडा भेट्रान्स क्लबले एक कार्यक्रमबीच उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो । क्लबले कक्षा १ देखि ५ सम्म अध्ययनरत ५५ जना विद्यार्थीलाई कपडा वितरण गरेको हो ।...

आज शेयर बजारमा गिरावट, ३९ अंकले घट्यो नेप्से

काठमाडौं । आज साताको पहिलो दिन शेयरमा गिरावट आएको छ । आज नेप्से ३९ दशमलव ४० अंकले घटेर २ हजार ६९३ दशमलव १० विन्दुमा झरेको छ । आज नेप्सेमा सूचिकृत २३० कम्पनीको ७१ लाख २२ हजार २९९ कित्ता शेयर किनबेच हुदाँ ४ अर्ब ८ करोड ६४ लाख ७४ हजार...

हेटौंडाका वाईबाको मृत्यु

मकवानपुर । हेटौंडामा उपमहानगरपालिका वडा नम्वर ५ क्याम्पाडाँडामा आइतबार भएको मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । बिहान अन्दाजी २ बजेको समयमा हेटौंडा–८ कमानेबाट क्याम्पाडाँडातर्फ आउँदै गरेको ना ६३ प ७४२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृत्यु...

एमसीसी टेबुल गरेर प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ । अमेरिकी सहयोग सम्बन्धी परियोजना एमसीसी सम्झौता टेबुल भएसँगै प्रतिनिधिसभा बैठक स्थगित भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता अनुमोदनका लागि प्रतिनिधिसभा बैठकमा प्रस्ताव पेश गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले फागुन १२ गतेसम्मको लागि बैठक स्थगित गरेका हुन् ।

एमसीसी प्रतिनिधिसभा संसद्मा टेबुल

काठमाडौँ । प्रतिनिधिसभा संसद्मा अमेरिकी सहयोग निकाय मिलिनियम च्लालेन्ज कर्पोरेशन एमसीसी र नेपाल सरकारबीचको अनुदान सहायता सम्झौता मिलिनियम च्यालेन्ज कम्प्याक्ट टेबुल भएको छ । संसद्मा दर्ता भएको ३२ महिनापछि प्रतिनिधिसभामा एमसीसी टेबुल भएको हो । अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सूचना प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले सम्झौता अनुमोदनका लागि टेबुल...

सत्ता गठबन्धनका नेताहरु प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल गर्न सहमत

काठमाडौँ । सत्ता गठबन्धनका नेताहरु अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनका लागि संसदमा पेस गर्न सहमत भएका छन् । आइतबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमसीसी संसदमा पेश गर्ने सहमति भएको हो । आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल हुने बताइएको छ । आज दिउँसो १ बजे प्रतिनिधि...