हेटौंडाका वाईबाको मृत्यु
मकवानपुर । हेटौंडामा उपमहानगरपालिका वडा नम्वर ५ क्याम्पाडाँडामा आइतबार भएको मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । बिहान अन्दाजी २ बजेको समयमा हेटौंडा–८ कमानेबाट क्याम्पाडाँडातर्फ आउँदै गरेको ना ६३ प ७४२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक हेटौंडा–१५ फायरलाईन बस्ने २५ वर्षीय बिक्रम वाईबा रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । उनका अनुसार, दुर्घटनामा परेर गम्भीर घाइते भएका वाईबाको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै, दुर्घटनामा परेर अर्का एक जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाईकलमा सवार सोही ठाउँ बस्ने ३१ वर्षीय रमेश बल रहेका छन् । उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
