एमसीसी टेबुल गरेर प्रतिनिधिसभा बैठक स्थगित
काठमाडौँ । अमेरिकी सहयोग सम्बन्धी परियोजना एमसीसी सम्झौता टेबुल भएसँगै प्रतिनिधिसभा बैठक स्थगित भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता अनुमोदनका लागि प्रतिनिधिसभा बैठकमा प्रस्ताव पेश गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले फागुन १२ गतेसम्मको लागि बैठक स्थगित गरेका हुन् ।
