कर्मचारी मिलन केन्द्रको अध्यक्षमा सापकोटा

तु खबर संवाददाता
२०७८ फाल्गुन ८, आईतवार १७:१०

मकवानपुर । कर्मचारी मिलन केन्द्र मकवानपुरको अध्यक्षमा डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख शिव सापकोटा चयन भएका छन् । बिहीबार सम्पन्न वार्षिक साधारणसभाले सापकोटाको संयोजकत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

यसैगरी, केन्द्रको उपाध्यक्षमा राजेन्द्र लामिछाने र ललिता पाण्डे, सचिवमा दिनानाथ गौतम, कोषाध्यक्षमा रमेश अर्याल चयन भएका छन् । चयन भएका नयाँ कार्यसमितिको कार्यकाल एक वर्षको हुने कर्मचारी मिलन केन्द्र मकवानपुरका निवर्तमान अध्यक्ष रामकृष्ण थापाले जानकारी दिए ।