चक्कु प्रहार गरेको आरोपमा हेटौंडाका युवक पक्राउ

तु खबर संवाददाता
२०७८ फाल्गुन ७, शनिबार १०:०३
सांकेतिक तस्बिर

काठमाडौं । विद्यालयका सुरक्षा गार्डमाथि चक्कु प्रहार गरेको आरोपमा प्रहरीले हेटौंडाका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ सिक्रेनी घर भई हाल काठमाडौं बुढानीलकण्ड नगरपालिका वडा नम्वर ५ बस्ने १९ वर्षीया निमा लामा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, लामाले बुढानीलकण्ठ नगरपालिका वडा नम्वर ३ स्थित बुढानीलकण्ठ माध्यमिक विद्यालयमा कार्यरत सुरक्षा गार्ड स्थानीय रेशमबहादुर नेपालीमाथि चक्कु प्रहार गरेका थिए । चक्कु प्रहारबाट नेपालीको तिघ्रा, पेट, ढाडलगायत शरीरका भागमा चोट लागेको छ । उनको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।