दुर्घटनामा पूर्वप्रहरी निरीक्षक सिक्देलको मृत्यु

तु खबर संवाददाता
२०७८ फाल्गुन ६, शुक्रबार १६:२४

काठमाडौं । धादिङको सदरमुकाम धादिङबेसी जोड्ने कालु पाँडे राजमार्गमा शुक्रबार बिहान मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पूर्वप्रहरी निरीक्षक (इन्सपेक्टर) मुक्ति सिक्देल रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

बा.अ.३४ प ५०५२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । उनी मर्निङवाकमा थिए । सिक्देललाई ठक्कर दिई फरार रहेका सिद्धलेक–२ पात्लेका चालक लोकबहादुर मगरलाई प्रहरीले खानीखोलाबाट नियन्त्रण लिइसकेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।