बागमती प्रदेशः शीत भण्डार संचालन सम्बन्धि कार्यविधि पास गर्ने निर्णय

तु खबर संवाददाता
२०७८ फाल्गुन ५, बिहीबार १७:२५

मकवानपुर । बागमती प्रदेश सरकारको विहिबार बसेको बैठकले प्रदेशको विभिन्न जिल्लामा निर्माण गरिएको शीत भण्डार सञ्चालन सम्बन्धि कार्यविधि पास गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले स्थानीय र निजी क्षेत्रसँग सहकार्य गरेर निर्माण गरेको ९ वटा शीत भण्डार अब छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद शर्मा खनालले जानकारी दिएका छन् ।

त्यस्तै बैठकले प्रदेश यातयाात सञ्चालन व्यवस्थापन बोर्डका अध्यक्ष जगतचन्द्र ढुंगानाले दिएको राजीनामा स्वीकृत गरेको छ । बैठकले उपसभामुख राधिका तामाङले संयुक्त राज्य अमेरिकामा हुने फिल्म अवार्ड कार्यक्रम सहभागी हुनका लागि दिएको निवेदनमा सिफारिस गरी संघीय सरकारमा निर्णय गर्न पठाउनेसमेत निर्णय गरेको छ ।