मकवानपुरमा थपिए ४ कोरोना संक्रमित, भए ७ जना संक्रमणमुक्त

तु खबर संवाददाता
२०७८ फाल्गुन ५, बिहीबार १६:०८
filr-photo

मकवानपुर । मकवानपुरमा थप ४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५२ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, २२ जनाको पीसीआर परीक्षण गर्दा ३ जना ३० जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा कोरोना पुष्टि भएको हो ।

यससँगै जिल्लामा संक्रमण पुष्टि हुनेको कूल संख्या १७ हजार ९०६ जना पुगेको छ । यस्तै, जिल्लामा सो अवधिमा कोरोना संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन भएको छैन भने ७ जना संक्रमणमुक्त भएका छन् । विभिन्न मितिमा कोरोना पुष्टि भई होमआइसालेशन तथा संस्थागत आइसोलेशनमा बसेको ७ जना आज संक्रमणमुक्र भएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा हाल सक्रिय संक्रमितको संख्या ५२ रहेका छन् । जसमध्ये १ संस्थागत आईसोलेसनमा र ५१ जना होम आईसोलेसनमा रहेका छन् ।