धनगढीमा सवारी दुर्घटना, एक जनाको मृत्यु
धनगढी । कैलालीको धनगढी उपमहानगरपालीका–१३ राजपुरमा बुधबार बेलुकी मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मोटरसाइकलमा सवार अर्का एक जना घाइते भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा कैलालीकै गोदवारी नगरपालिका वडा नम्वर ५ निवासी ३१ बर्षीय दल बहादुर भट्टराई रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकलमा सवार कैलाली ६ का ३३ बर्षीय यज्ञराज नौलालको सोही अस्पतालमा उपचार भइरहेको छ । अत्तरियाबाट धनगढीतर्फ जादै गरेको से ५ प ३९४२ नम्बरको मोटरसाइकल बुधबार बेलुकी सवा ७ बजे नियन्त्रण गुमाएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
