सुनको भाउ बढ्यो

तु खबर संवाददाता
२०७८ फाल्गुन ५,बिहीबार १३:४६

काठमाडौँ । विहिबार सुनको भाउ फेरि बढेको छ । हिजो एकैदिन प्रतितोला १ हजार ६ सय रुपैयाँले घटेको सुनको मूल्य आज फेरि १ हजार रुपैयाँले बढेको हो । प्रतितोला १ हजार रुपैयाँ बढेसँगै सुनको छापावाल मूल्य ९६ हजार १ सय रुपैयाँ पुगेको छ । यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार १ सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ६ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको मूल्य पनि उकालो लागेको छ । महासंघका अनुसार चाँदीको प्रतितोला मूल्य १० रुपैयाँले बढेर १२ सय ९५ रुपैयाँ पुगेको छ । हिजो बुधबार यसको कारोबार प्रतितोला १२ सय ८५ रुपैयाँमा भएको थियो ।