समाचार

पूर्वमन्त्री ढकाल र अमेरिकाका पूर्व उप–राष्ट्रपति पेन्सबीच भेटवार्ता

काठमाडौँ । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकाल र अमेरिकन पूर्व उपराष्ट्रपति माइक पेन्सबीच भेटवार्ता भएको छ । भेटमा पूर्वमन्त्री ढकाल र अमेरिकन पूर्व उपराष्ट्रपति पेन्सबीच दुवै देशको समसामयिक राजनीतिक विषयमा संक्षिप्त कुराकानी भएको ढकालको सचिवालयले जनाएको छ । विश्व शिखर सम्मेलन २०२२ को शिलशिलामा कोरियाको भ्रमणमा...

पर्साबाट पक्राउ परे मकवानपुुरका मोक्तान

मकवानपुर । मकवानपुरका एक युवक लागूऔषधसहित पर्साबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका वडा नम्वर ४ बस्ने ३० वर्षीय सुजन मोक्तान रहेका छन् । मोक्तान लागूऔषध अफिम जस्तो देखिने लेदो पदार्थसहित मंगलबार पर्साको पटेर्वा सुगौलीबाट पक्राउ गरेका हुन् । मनवाबाट रंगपुरतर्फ आउँदै गरेको प्रदेश नं.२–०३–००७ प ६९९०...

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिम न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । महाशाखाका अनुसार बुधबार देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ...

२३ जना बन्दकर्ता प्रहरीको फन्दामा

काठमाडौं । प्रहरीले काठमाडौं उपत्यकाबाट २३ जना बन्दकर्तालाई पक्राउ गरेको छ । एमसीसीको विरोधमा बन्द गराउन निस्केका २ महिलासहित २३ जनालाई पक्राउ गरेको महानगरीय प्रहरी कार्यालयले जनाएको छ । मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकार माओवादी, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी...

माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै छ । बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहान १० बजे बस्ने प्रमुख सचेतक देव गुरुङले जानकारी दिए । उनका अनुसार, आजको संसद बैठकमा माओवादी केन्द्रका सांसदहरुले खेल्ने भूमिकाबारे छलफल हुनेछ । बैठकमा संसदीय दलका नेता समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल...

आज प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्न लागेको हो । सो बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । बैठकमा नेपाली कांग्रेसले अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल गर्नुपर्ने प्रस्ताव गरेको छ । मंगलबार...

कोरोना खोपमा लापरवाही भएको छ – छानविन समिति

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको छानविन समितिले कोरोना विरुद्धको खोपमा लापरवाही भएको निश्कर्ष निकालेको छ । कोभिड–१९ विरुद्धको खोप छानविन समितिले तयार पारेको प्रतिवेदन अनुसार पैसा लिई खोप लगाएको, खोपको उचित भण्डारण नगरेको कारणले धेरै खोप प्रयोग गर्न नमिल्ने भएको बताएको छ । समितिले खोप अभियान...

भोलि बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा परेन एमसीसी

काठमाडौँ ।  बुधबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । सम्भावित कार्यसूचीमा एमसीसी सम्झौता टेबुल गर्ने सम्बन्धी विषय समावेश भएको छैन । सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन’ प्रस्तुत गर्ने उल्लेख गरिएको छ । सँगै कार्यसूचीमा तीनवटा शोक प्रस्ताव प्रस्तुत हुने उल्लेख छ...

बागमती प्रदेश: सभामुख श्रेष्ठले बोलाए सर्वदलीय बैठक

मकवानपुर । बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले भोलि दिउँसो १ बजेको लागि सर्वदलीय बैठक आह्वान गरेका छन् । लामो समयदेखि अवरुद्ध संसद् सुचारु गर्ने सम्बन्धमा राजनीतिक दलहरुसँग छलफल गर्ने उद्देश्यका साथ बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिएका छन् । त्यस्तै सरकारले संसद्मा दर्ता गराएको विभिन्न...

मकवानपुरको मनहरीमा सामुदायिक आँखा केन्द्रको उद्घाटन

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ७ मा सामुदायिक आँखा केन्द्रको उद्घाटन गरिएको छ । मनहरी गाउँपालिका र हेटौंडा सामुदायिक आँखा अस्पतालबीच सम्झौता भएको २ महिनापछि सामुदायिक आँखा केन्द्रको उद्घाटन गरिएको हो । उक्त केन्द्रको मंगलबार एक कार्यक्रमबीच मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती र हेटौंडा आँखा अस्पतालका केन्द्रीय...