२३ जना बन्दकर्ता प्रहरीको फन्दामा
काठमाडौं । प्रहरीले काठमाडौं उपत्यकाबाट २३ जना बन्दकर्तालाई पक्राउ गरेको छ । एमसीसीको विरोधमा बन्द गराउन निस्केका २ महिलासहित २३ जनालाई पक्राउ गरेको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।
मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकार माओवादी, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वकोको नेकपा माओवादी केन्द्र समाजवादी तथा सिपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रीक मोर्चाले नेपाल बन्दको आह्वान गरेका हुन् ।
