पर्साबाट पक्राउ परे मकवानपुुरका मोक्तान
मकवानपुर । मकवानपुरका एक युवक लागूऔषधसहित पर्साबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका वडा नम्वर ४ बस्ने ३० वर्षीय सुजन मोक्तान रहेका छन् । मोक्तान लागूऔषध अफिम जस्तो देखिने लेदो पदार्थसहित मंगलबार पर्साको पटेर्वा सुगौलीबाट पक्राउ गरेका हुन् ।
मनवाबाट रंगपुरतर्फ आउँदै गरेको प्रदेश नं.२–०३–००७ प ६९९० नम्वरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा मोक्तानको झोलाबाट ५ किलो लागूऔषध अफिम बरामद भएपछि निजलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनी मोटरसाइकलमा सवार थिए । मोटरसाइलक चालक भने फरार रहेको र उनको पहिचान गरी खोजतलास कार्य गर्नुका साथै उक्त घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
