समाचार
बागमती प्रदेशमा प्रजातन्त्र दिवस ३ दिन मनाइने
मकवानपुर । बागमती प्रदेशमा तीन दिनसम्म विभिन्न कार्यक्रमको आयोजना गरी प्रजातन्त्र दिवस मनाइने भएको छ । मंगलबार मुख्यमन्त्री राजेन्द्र पाण्डेको अध्यक्षतामा बसेको बैठकले फागुन ६,७ र ८ गते विभिन्न कार्याक्रमको आयोजना गरी प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् सरकारका प्रवक्ता कृष्णप्रसाद शर्मा खनालले जानकारी दिए...
एमसीसीबारे निर्णय लिन माओवादीले बोलायो संसदीय दलको बैठक
काठमाडौँ । माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा धारणा बनाउन संसदीय दलको बैठक बोलाएको छ । बुधबार विहान १० बजेको लागि बैठक बोलाइएको माओवादीका प्रमुख सचेतक देव गुरुङले सञ्चारकर्मीहरुलाई जानकारी दिएका छन् । संसदीय दलको बैठकमा भएको निर्णयअनुसार कार्यव्यवस्था परामर्श समितिको बैठकमा पार्टीको धारणा राख्ने उनले बताए ।...
थप ६८० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा थप ६८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका ७ हजार ९५ जनामा नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, ४ हजार २५६ जनानाको पीसीआर परीक्षण गर्दा ४९८ र २ हजार ८३९...
गाँजासहित हेटौंडाका एक जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ बसामाडी बस्ने ३३ वर्षीय अशोक विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । प्रहरी नायव उपरीक्षक रिमालका अनुसार, उनलाई प्रहरी चौकी बसामाडीबाट खटिएको प्रहरी...
हेटौंडाका दुई जना प्रहरीको फन्दामा
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित सोमबार दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ बस्ने ४० वर्षीय नमोरत्न मानन्धर र वडा नम्वर ८ कमाने बस्ने १८ वर्षीय अभिषेक मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक...
एमालेद्वारा स्वास्थ्यमन्त्री खतिवडाको राजीनामा माग
मकवानपुर । नेकपा एमालेले स्वास्थ्यमन्त्री विरोध खतिवडाको राजीनामा माग गरेको छ । मन्त्री खतिवडाले राजनीतिक पूर्वाग्रह राखेर तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि झुटो आरोप लगाएको भन्दै एमालेले उनको राजीनामा माग गरेको हो । उनले केही दिन अघि एक टेलिभिजन कार्यक्रममा मन्त्री खतिवडाले केपी ओली सरकारको नेतृत्वमा रहेको बेला ५...
बागमती प्रदेश प्रमुख शर्मा अस्पताल भर्ना
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा अस्पताल भर्ना भएका छन् । मुटुको शल्यक्रिया गर्न उनी मंगलबार शहिद गंगालाल ह्रृदय रोग प्रतिष्ठान बाँसबारीमा भर्ना भएका हुन् । उनको भोलि मुटुको शल्यक्रिया हुने प्रेस संयोजक शिव चौँलागाईले जानकारी दिए । प्रदेश प्रमुख शर्माको मुटुमा ८ वर्ष अगाडि राखिएको पेस...
‘युरेनियम’ कारोबारमा संलग्न ६ जना पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौंको बौद्धबाट ‘युरेनियम’ कारोबारमा संलग्न रहेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले युरेनियम जस्तो देखिन ३ किलो धातुसहित ६ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेपाली र भारतीय नागरिक रहेका छन् । उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । प्रहरीले...
मकवानपुरमा थप ५ जनामा कोरोना पुष्टि
मकवानपुर । मकवानपुमा थप ५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो सो २४ घण्टामा ४७ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थय कार्यालयका अनुसार, जिल्लामा २३ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा २ जना र २४ जनाको...
साहित्यकार ताना शर्माको निधन
काठमाडौं । साहित्यकार तारानाथ (ताना) शर्माको निधन भएको छ । उनको मंगलबार बिहान आफ्नै निवासमा निधन भएको हो । मुटु रोग, रक्तचापलगायत समस्याबाट पीडित शर्माको ८७ वर्षको उमेरमा निधन भएको हो । मदन पुरस्कार पुस्तकालयले उनको निधनप्रति श्रद्धान्जली व्यक्ति गरेको छ । शर्माले २०२६ सालमा मदन पुरस्कार पाएका थिए...










