थप ६८० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा थप ६८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका ७ हजार ९५ जनामा नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, ४ हजार २५६ जनानाको पीसीआर परीक्षण गर्दा ४९८ र २ हजार ८३९ जनाको एन्टिजेन परीक्षण गर्दा १८२ गरी ६८० जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, सोही अवधिमा देशभरका १ हजार ८३५ जन संक्रमणमुक्त भएका छन् भने २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ११ लाख ११ हजार ८९८ पुगेको छ । तीमध्ये हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ९०२ पुगेको छ भने ९ लाख ४२ हजार ७३७ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर १९ हजार ४०० संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
