हेटौंडाका दुई जना प्रहरीको फन्दामा

तु खबर संवाददाता
२०७८ फाल्गुन ३, मंगलवार १७:०४

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित सोमबार दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ बस्ने ४० वर्षीय नमोरत्न मानन्धर र  वडा नम्वर ८ कमाने बस्ने १८ वर्षीय अभिषेक मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालका अनुसार, सोमबार विशेष सूचनाको आधारमा पुगेको  प्रहरी टोलीले  हेटौंडा–४ स्थित पासा चटामरी हाउसमा खानतलासी गर्दा लुकाई छिपाई राखेको लागूऔषध ओम्रेक्स २० बोतल र २० ग्राम गाँजा बरामद भएपछि  उक्त हाउसका संचालक मानन्धर र मोक्तानलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई मंगलबार जिल्ला अदालत मकवानपुरबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको छ ।