समाचार
आज नेप्से परिसूचक ५३ अंकले बढ्यो
काठमाडौं । आज साताको तेस्रो दिन शेयर बजारमा केही सुधार आएको छ । सोमबार झिनो अंकले सुधार आएको शेयर बजार आज ५३ दशमलव १० अंकले बढेको हो । यसअघि सोमबार दिन शुन्य दशमलव ०८ अंकले बढेको शेयर बजार आज ५३ अंक अर्थात् १.९७ प्रतिशतले बढेर २ हजार ७५४.२८ विन्दुमा...
टिप्परको ठक्करबाट पौडेलको मृत्यु
दाङ । दाङको राप्ती गाउँपालिकास्थित पाखापानीमा आज बिहान टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिकाका अन्दाजी ४० वर्षीया डिला पौडेल रहेको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । प्रहरीका अनुसार, बिहान पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको रा १ ख १२८६ नंको टिप्परले एक साइकललाई ठक्कर...
एमालेले भोलि बस्ने संसद बैठक पनि अवरोध गर्ने
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा अवरोध गर्ने भएको छ । एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै निरन्तर बैठक अवरोध गर्दै आएको एमाले बुधबारको बैठक पनि अवरोध गर्ने भएको एमाले सांसद शेरबहादुर तामाङले बताए । उनले भने, ‘हामीहरूको माग पूरा भएको छैन...
बुधबारको संसद बैठकमा एमसीसी टेबल गराउने कांग्रेसको निर्णय
काठमाडौं । नेपाली कांग्रेसले बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गराउने निर्णय गरेको छ । मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकले बुधबारको प्रतिनिधिसभामा एमसीसी टेबल गराउने निर्णय गरेको एक सांसदले जानकारी दिए । उनका अनुसार, बैठकमा बोल्दै कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिको बैठकमा एमसीसी पारित गर्नका लागि...
राक्सिराङमा धुलिखेल अस्पतालको शाखा राख्ने विषयमा छलफल
मकवानपुर । मकवानपुरको विकट राक्सिराङ गाउँपालिका वडा नम्वर ७ गर्लिङमा धुलिखेल अस्पतालको शाखा विस्तार गर्ने तयारी गरिएको छ । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले काभ्रेको धुलिखेल अस्पतालका पदाधिकारीहरुसँग मंगलबार अस्पतालमै पुगेर यसबारे छलफल गरेका हुन् । अस्पतालले प्रदान गरिरहेका सेवा सुविधाहरुको बारेमा जानकारी लिँदै राज्यमन्त्री प्रजाले...
बकैया–४ मा एमालेको टोल कमिटी गठन
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ४ जुरेलीमा नेकपा एमालेको टोल कमिटी गठन भएको छ । सोमबार जुरेलीमा भएको भेलाले अनिल माझीको संयोजकत्वमा ३३ सदस्यीय टोल कमिटी गठन गरेको एमाले मकवानपुरकी जिल्ला सदस्य तथा बकैया गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेले जानकारी दिइन् । कमिटीको उपाध्यक्षमा दिपेश माझी, सचिवमा सविन...
ए डिभिजन लिग : आजदेखि ११ औं चरण सुरु
काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा आजदेखि ११ औं चरण सुरु हुँदैछ । आज चार क्लब मैदान उत्रिनेछन् । जसमा अन्तिम दुई स्थानको ब्रिगेड ब्वाइज क्लब र च्यासल युथ क्लबबीच प्रतिस्प्रर्धा हुनेछ भने जावालखेल युथ क्लब र फ्रेण्ड्स क्लबबीच प्रतिस्प्रर्धा हुनेछ । दुबै खेल एकै समयमा हुँदैछ ।...
दुर्घटनामा परेर थारु र कार्कीको मृत्यु
काठमाडौं । ललितपुर र भक्तपुरमा भएका सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । ललितपुरको बागडोल र भक्तपुरको च्यामासिंहमा सोमबार राति भएको सवारी दुर्घटनामा परेर एक/एक जनाको मृत्यु भएको हो । ललितपुरको बागडोलमा प्रदेश २–०३० प ९४८३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको रेलिङमा ठोक्किंदा मोटरसाइकल चालक बाँकेका...
आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशको पहाडी भू–भागमा आंशिक बदली र तराईका केही भू–भागमा हुस्सु लागेको जनाएको छ । देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । महाशाखाका अनुसार मंगलबार देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । आज गण्डकी,...
दुर्घटनामा गुरुङको मृत्यु
चितवन । मुग्लिन–नारायणगढ सडकखण्डमा सोमबार सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मुग्लिनबाट नारायणगढ आउँदै गरेको ना ७ ख ८१४१ नम्बरको तेल बोक्ने ट्याङ्करले विपरित दिशातर्फ जाँदै गरेको ना ३२ प ८२४८ नम्बरको मोटरसाइकललाई जलबिरेमा ठक्कर दिँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ...









