समाचार
हेटौंडा–१६ मा माटो परीक्षण ल्याबको उद्घाटन
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ मा माटो परीक्षण ल्याबको उद्घाटन गरिएको छ । उक्त ल्याबको उद्घाटन सोमबार एक कार्यक्रमबीच हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले गरेका हुन् । सो क्रममा मेयर महतले ल्याबको सहयोगले अब कुन जमिनमा कस्ताखाले खेती गर्न उपयुक्त हुन्छ भनि थाहा पाउन सकिने बताए...
शौर्य सिमेन्टले ल्यायो मकवानपुरका ग्राहकहरुका लागि उपहार योजना
मकवानपुर । शौर्य सिमेन्ट इण्डष्ट्रिज प्रालिले मकवानपुर जिल्लामा आफ्ना ग्राहकहरूका लागि ‘म आफ्नै शौर्यमा उभिन्छु’ शिर्षकमा लक्कि ड्र उपहार योजना सार्वजनिक गरेको छ । उदयपुरको चुनढुङ्गा प्रयोग गरी उत्पादित उच्च गुणस्तरको शौर्य ओपिसि सिमेन्ट १ सय बोरा खरिद गर्दा ग्राहकले एउटा नम्वर भएको स्क्र्याच कुपन प्राप्त गर्ने र त्यसमा...
कोरोना संक्रमितको भन्दा निको हुनेको संख्या बढी, एकैदिन १३१९ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा थप ७४७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका ८ हजार ६९६ जनामा नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सोही अवधिमा २ हजार ३१९ जना संक्रमणमुक्र भएका छन् भने ८...
हिँउ खेल्न गएका दुई किशोर मृत फेला
गोरखा । गोरखामा हिउँ खेल्न गएका दुई किशोर मृत अवस्था फेला परेका छन् । हिउँ खेल्न गएका बारपाक सुलिकोट गाउँपालिका–१ का १६ वर्षीय करण घले र वडा नम्बर २ का सञ्जय घले मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय खोरखाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब...
एमाले मकवानपुरका सदस्यहरुले लिए पद र गोपनियताको सपथ
मकवानपुर । नेकपा एमालेको गएको पुस २३–२४ गते हेटौँडामा सम्पन्न ११ औँ जिल्ला अधिवेशनबाट चुनिएका जिल्ला सदस्यहरुको आज सपथग्रहण भएको छ । कोभिड–१९ संक्रमणको जोखिमका कारण रोकिएको सपथ ग्रहण करिब डेढ महिना पछि आज भएको हो । अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र उप–सचिव (दुई) सहित १ सय ५ सदस्यीय...
मकवानपुरमा ६ जना कोरोना संक्रमित थपिए
मकवानपुर । मकवानपुरमा थप ६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ जनामा ४४ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, सो अवधिमा २१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ४ जनामा र...
ठेकेदारको लापरबाहीले हेटौंडास्थित मुख्यमन्त्री सभाहल अलपत्र (फोटो फिचर)
मकवानपुर । निर्माण व्यवसायी कम्पनीको ढिलासुस्तीका कारण हेटौंडास्थित मुख्यमन्त्री सभाहल अलपत्र अवस्थामा पुगेको छ । म्याद समाप्त हुन ३ महिनामात्रै बाँकी रहँदा सभाहल निर्माणको १५ प्रतिशत मात्रै काम सम्पन्न भएको शहरी विकास तथा भवन कार्यालय मकवानपुरले जानकारी दिएको छ । प्रदेश सरकार र स्थानीय सरकारी कार्यालयद्वारा आयोजना हुने विभिन्न...
लागूऔषध गाँजासहित दुई जना पक्राउ
सिन्धुली । सिन्धुली प्रहरीले ३६ केजी ८ सय ७० ग्राम लागूऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको कमलामाई नगरपालिका–४ बाट उक्त परिणामको गाजासहित आइतबार राति दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सोही नगरपालिका–१ ओख्ले बस्ने ४२ वर्षीय कालु बहादुर ब्लोन र १९ वर्षीय कृष्ण...
छुट्टाछुट्टै दुर्घटनामा ४ जनाको मृत्यु
रुपन्देही । लुम्बिनी प्रदेशमा भएको छुट्टाछुट्टै दुर्घटनामा परेर ४ जनाको मृत्यु भएको छ । प्रदेशको कपिलवस्तु, बर्दिया, रुपन्देही र बाँके जिल्लामा भएको छुट्टाछुट्टै दुर्घटनामा ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, सवारी दुर्घटनामा परेर २ जना, करेन्ट लागेर १ जना र डुबेर १ जनाको मृत्यु भएको...
प्रधान सेनापति शर्मा र यूइईका राजदूतबीच भेटवार्ता
काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि यूएईका राजदूत सइद हम्दान अल नाबीबीच भेटवार्ता भएको छ । उनीहरुबीच सोमबार जङ्गी अड्डास्थित प्रधान सेनापति शर्माको कार्यालयमा भेटवार्ता भएको हो । भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको र यस किसिमको भेटघाटले दुई देशबीचको आपसी...










