समाचार
नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि बस्ने
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक मंगलबार (भोलि) बस्ने भएको छ । पछिल्लो विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको जनाएको छ । बैठक मंगलबार बिहान ९ बजे संघीय संसद भवन, नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बैठक बस्ने गृहमन्त्री तथा कांग्रेस संसदीय दलका प्रमुख सचेतक...
खाल्डोमा डुबेर बालिकाको मृत्यु
बाँके । बाँकेमा खाल्डोमा डुबेर एक जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत पुरम्पुर घर भई सोही उद्योगमा काम गर्ने जाहीद शाहको एक वर्षीया सबिना साहको रहेको प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार, सबिनाको जानकी गाउँपालिका–४ मुनिजर पुरुवास्थित चाँद इँटा उद्योग नजिकै पानी जमेको...
सिंहदरबारमा सर्वदलीय बैठक सुरु
काठमाडौं । प्रतिनिधिसभाका सभामुखले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध सांसदहरूले संसदमा महाअभियोग दर्ता गराएपछिको घटनाक्रमबारे छलफल गर्न सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक केहीबेर अघि सिंहदरबारमा सुरु भएको हो । सर्वदलीय बैठकमा नेकपा एमाले अनुपस्थित भएको छ । नेकपा एमालेले विभाजनमा सभामुख सापकोटाले भूमिका...
हटियामा पक्की सडक शिलान्यास
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर –१७ हटियामा १ करोड ७७ लाख रुपैयाँ लागतमा पक्की सडक निर्माणको काम सुरु गरिएको छ । कच्ची सडकका कारण समस्या झेल्दै आएका यहाँका स्थानीय पक्की सडक निर्माणको काम सुरु भएसँगै खुशी भएका छन् । उपमहानगरभित्र रहेका कच्ची सडकलाई पक्की निर्माण गर्ने अभियान अनुसार...
गायक तथा साहित्यकार आचार्यको घाम त झुल्क्यो डाँडामा सार्वजनिक
मकवानपुर । साहित्यकार एवम् गायक पुरुषोत्तम आचार्यको शब्द संगीत तथा स्वरमा रहेको ‘घाम त झुल्क्यो डाँडामा’ नामक गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । आइतबार आचार्यको एकल गायन साँझमा सो म्युजिक भिडियो सार्वजनिक गरिएको हो । मिना श्रेष्ठ प्रोडोक्सन म्यानेजर रहेको म्यूजिक भिडियोमा बाबु थिङको निर्देशन रहेको छ ।...
प्रेस चौतारीको महाधिवेशन फागुन २७ र २८ गते
काठमाडौं । प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन यही फागुन २७ र २८ गते हुने भएको छ । प्रेस चौतारी नेपालको आइतबार काठमाडौंमा बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकले महाधिवेशन पोखरामा गर्ने निर्णय गरेको छ । यसअघि गत माघ २२ गतेका लागि तोकिएको महाधिवेशन कोरोना भाइर (कोभिड–१९)...
आज सर्वदीय बैठक बस्दै, एमालले बहिस्कार गर्ने
काठमाडौं । आज सर्वदलीय बैठक बस्दैछ । सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा सर्वदलीय बैठक बस्न लागेको हो । बैठक दिउँसो २ बजे बस्ने भएको सभामुखको सचिवालयले जनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद सचिवालयमा सत्ता गठबन्धनका सांसदहरुले महाअभियोग प्रस्ताव दर्ता गराएपछिको घटनाक्रमबारे छलफल गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन्...
स्थानीय निर्वाचन : बैशाख २९ गतेसम्म १८ वर्ष पुगेका नागरिकले मतदान गर्न पाउने
काठमाडौं । आगामी बैशाखमा हुने स्थानीय निर्वाचनको अघिल्लो दिनसम्ममा १८ वर्ष पूरा भएका व्यक्तले मतदान गर्न पाउने भएका छन् । बैशाख ३० गते हुने स्थानीय निर्वाचनको अघिल्लो दिन अर्थात बैशान २९ गतेसम्म १८ वर्ष पूरा भएकोहरुले मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले...
मकवानपुरगढीमा कोदो र फापरको विभिन्न परिकार प्रदर्शनी
मकवानपुर । मकवानपुरगढी गाउँपालिकामा कोदो र फापरको विभिन्न परिकार प्रदर्शन गरिएको छ । गाउँपालिकामा बिहीबारबाट सुरु भएको तीन दिने तालिम पश्चात तयार पारिएको विभिन्न परिकार आइतबार प्रदर्शनी गरिएको हो । गाउँपालिकाकाका अध्यक्ष विदुर हुमागाईले कोदोबाट बनेको केक काटेर परिकार प्रदर्शनीको उउद्घाटन गरेका थिए । कार्यक्रममा वडा नम्बर ४ का...
नेवि संघ बहुप्राविधिक शिक्षालय चित्लाङमा बटाला
मकवानपुर । नेपाल विद्यार्थी संघ थाहा बहुप्राविधिक शिक्षालय चित्लाङको सभापतिमा भरतबहादुर बटाला चयन भएका छन् । आइतबार भएको भेलाबाट बटालाको संयोजकत्वमा ३५ सदस्यीय क्याम्पस समिति चयन गरिएको हो । समितिको वरिष्ठ उपसभापतिमा गणेश बडाल, उपसभापतिमा अनिल थापा, नरेन्द्र बटाला र सुमन काफ्ले चयन भएका छन् । सचिवमा कमल उपाध्याय...










