नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि बस्ने

तु खबर संवाददाता
२०७८ फाल्गुन २, सोमबार १५:०८

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक मंगलबार (भोलि) बस्ने भएको छ । पछिल्लो विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको जनाएको छ ।

बैठक मंगलबार बिहान ९ बजे संघीय संसद भवन, नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बैठक बस्ने गृहमन्त्री तथा कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए । उनका अनुसार सो बैठकमा प्रधानन्यायाधीश माथिको महाअभियोग र एमसीसीका विषयमा छलफल हुनेछ ।