खाल्डोमा डुबेर बालिकाको मृत्यु

तु खबर संवाददाता
२०७८ फाल्गुन २, सोमबार १५:०३
file photo

बाँके । बाँकेमा खाल्डोमा डुबेर एक जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत पुरम्पुर घर भई सोही उद्योगमा काम गर्ने जाहीद शाहको एक वर्षीया सबिना साहको रहेको प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीका अनुसार, सबिनाको जानकी गाउँपालिका–४ मुनिजर पुरुवास्थित चाँद इँटा उद्योग नजिकै पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको हो । उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको छ ।