मकवानपुरगढीमा कोदो र फापरको विभिन्न परिकार प्रदर्शनी

तु खबर संवाददाता
२०७८ फाल्गुन २, सोमबार ०९:१८

मकवानपुर । मकवानपुरगढी गाउँपालिकामा कोदो र फापरको विभिन्न परिकार प्रदर्शन गरिएको छ । गाउँपालिकामा बिहीबारबाट सुरु भएको तीन दिने तालिम पश्चात तयार पारिएको विभिन्न परिकार आइतबार प्रदर्शनी गरिएको हो ।

गाउँपालिकाकाका अध्यक्ष विदुर हुमागाईले कोदोबाट बनेको केक काटेर परिकार प्रदर्शनीको उउद्घाटन गरेका थिए । कार्यक्रममा वडा नम्बर ४ का वडाध्यक्ष रामप्रसाद तिमल्सिना, वडा नम्बर ६ का वडाध्यक्ष टिकाप्रसाद दहाल, प्रमुख प्रशासकीय अधिकृत रामुकमार पुडासैनी, कृषि शाखाका प्रमुख चन्द्रकान्त चौधरी लगायतको आतिथ्यता रहेको थियो ।

गाउँपालिका कृषि विकास शाखाको आयोजनामा तालिममा कोदो र फापरको हलुवा, निमकिन, बिस्कुट, कप केक, बटर केक, प्यान केक, कुकिज, पिजा, पाउरोटी, दुनोट, मःम जस्ता २१ प्रकारका परिकार बनाइएको थियो । नेपाल कृषि अनुसन्धान परिषदका बैज्ञानिक (खाद्य) प्रविण ओझाले प्रशिक्षण दिएका थिए । तालिममा सबै वडाका टोल, होमस्टे, खाजा घरका संचालक र कृषि प्राविधिकहरुको सहभागिता रहेको थियो ।