समाचार
हेटौंडामा प्रथम सहिद लखन थापाको शालिक शिलान्यास
मकवानपुर । हेटौंडामा नेपालका प्रथम सहिद क्याप्टेन लखन थापा मगरको शालिक निर्माण प्रारम्भ गरिएको छ । सोमबार हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुृर महतले शालिकको शिलान्यास गरेका हुन् । हेटौंडा –१२ मा रहेको लखन बाटिका स्मृति परिसरमा शालिकको शिलान्यास गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर महतले शहिद थापाले गरेको योगदानको...
एमसिसी टेबुल गर्न तयार भए सभामुख
काठमाडौँ । सरकारले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सदनमा टेबुल गर्न चाहे सभामुख अग्निप्रसाद सापकोटाले नरोक्ने भएका छन् । सरकारले प्रयास गरे पनि सभामुखले नचाहेका कारण एमसिसी प्रतिनिधिसभामा टेबुल हुन सकेको थिएन । यही विषयले ६ पटक प्रतिनिधिसभा बैठक स्थगित भइसकेको छ । सभामुख सापकोटाले सोमबार बोलाएको सर्वदलीय बैठकपछि...
बाल विकास केन्द्रका बालबालिकालाई न्यानो कपडा
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ स्थित सरस्वती बाल विकास केन्द्रका बालबालिकालाई न्यानो कपडा सहयोग गरिएको छ । बाल उज्वल माध्यामिक विद्यालयद्वारा संचालित उक्त बाल विकास केन्द्रका बालबालिकालाई सोमबार एक कार्यक्रमबीच नेपाली कांग्रेस हेटौंडा उपमहानगर समितिले न्यानो कपडा सहयोग गरेको हो । कांग्रेसले बाल विकास केन्द्रमा रहेका...
डलरको भाउ बढ्यो, अन्य देशको मुद्राको विनिमयदर यस्तो
काठमाडौँ । मंगलबार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ६८ पैसा र विक्रीदर १२१ रुपैयाँ २८ पैसा कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । युरोपियन युरो आज एकको खरिददर १३६ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३७ रुपैयाँ १३ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६३ रुपैयाँ...
पूर्वाधार विकास रणनीतिको पुनरावलोकन आवश्यकः राज्यमन्त्री प्रजा
नुवाकोट । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले राज्यबाट कार्यान्वयन हुने पूर्वाधार विकासका कार्यक्रमहरु नागरिकहरुको जीवनस्तर सुधार र समग्र आर्थिक विकाससँग समेत जोडिनुपर्ने भएकाले यस सम्बन्धि रणनीतिहरुमा पुनरावलोकन आवश्यक भएको बताएका छन् । पूर्वाधार निर्माणका क्षेत्रमा संघ, प्रदेश र स्थानीय तहबाट कार्यान्वयन हुने कार्यक्रमहरुमा एकरुपता नदेखिएकाले पारदर्शी...
खैरो हेरोइनसहित लोप्चन पक्राउ
बारा । बारा प्रहरीले लागूऔषध खैरो हेराइनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा निजगढ नगरपालिका वडा नम्वर ७ बस्ने ४१ वर्षीय मुन्ना लोप्चन रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । उनलाई इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले निजगढ नगरपालिका वडा नम्वर ८ स्थित पश्चिमराजमार्ग सडकखण्डबाट...
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक आज बिहान ९ बजे संघीय संसद भवनको ल्होत्से हलमा बस्ने कांग्रेसले जनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमा खेल्ने भूमिकाबारे छलफल गर्न दलको बैठक बस्न लागेको हो ।कांग्रेससहित सत्ता गठबन्धनका ९८ जना सांसदहरुले आइतबार जबराविरुद्ध...
रेडियो थाहाको आयोजनामा रक्तदान कार्यक्रम
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ स्थित रेडियो थाहा सन्चार ९९ दशमलव ६ मेगाहर्जले सोमबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । विन्दवासिनी मिडिया प्रालिद्वारा संचालित उक्त रेडियोले आफ्नो १४ औं वार्षिकोत्सको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमअन्तरगत सोमबार हेटौंडाको बुद्धचोकमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । रक्तसञ्चार केन्द्र हेटौंडाको सहकार्यमा...
झरनाले बकैया कला–साहित्य महोत्सव गर्ने
मकवानपुर । मकवानपुरको अग्रणी साहित्यिक संस्था झरना साहित्यिक मकवानपुरले बकैया कला–साहित्य महोत्सव–२०७८ गर्ने भएको छ । आज पत्रकार सम्मेलनको आयोजना गरी यहि फाल्गुन २७ र २८ गते बकैया—३, हात्तिसुडेँमा बकैया कला–साहित्य महोत्सव गर्ने जनाएको छ । बकैया गाउँपालिकाको आर्थिक सहयोगमा हुन लागेको महोत्सव बकैया–३, हात्तीसुँडेस्थित बुद्ध माविको प्राङ्गण र...
हेटौंडा ११ मा कांग्रेसको टोल समिति गठन, सभापतिमा बल
मकवानपुर । नेपाली कांग्रेसले हेटौंडा ११ सागरपथमा टोल समिति गठन गरेको छ । सोमबार कांग्रेस वडा नम्वर ११ का सभापति दिपक उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा १५ सदस्यीय टोल समिति गठन गरिएको हो । समितिको सभापतिमा स्याम बहादुर बल, उपसभापतिमा सारदा ढकाल, सचिवमा पदमबहादुर दर्नाल, सह–सचिवमा अशोक थिङ र कोषाध्यक्षमा...










