बाल विकास केन्द्रका बालबालिकालाई न्यानो कपडा

तु खबर संवाददाता
२०७८ फाल्गुन ३, मंगलवार ०८:५२

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ स्थित सरस्वती बाल विकास केन्द्रका बालबालिकालाई न्यानो कपडा सहयोग गरिएको छ ।

बाल उज्वल माध्यामिक विद्यालयद्वारा संचालित उक्त बाल विकास केन्द्रका बालबालिकालाई सोमबार एक कार्यक्रमबीच नेपाली कांग्रेस हेटौंडा उपमहानगर समितिले न्यानो कपडा सहयोग गरेको हो । कांग्रेसले बाल विकास केन्द्रमा रहेका २४ जना बालबालिकालाई ट्रयाक सुट सहयोग गरेको हो ।

कपडा वितरण कार्यक्रम कांग्रेस हेटौंडा–३ का सभापति ढलकबहादुर थापाको अध्यक्षता तथा कांग्रेस हेटौंडा उपमहानगरपालिकाका निवर्तमान सभापति आनन्दराम पराजुलीको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा नेपाली कांग्रेस हेटौंडा उपमहानगर सभापति उत्सव इटेनी, कांग्रेस नेताहरु यतिराज सापकोटा, रमेश गिरी, विजय पुडासैनी, रत्न ब्लोन, रामबहादुर थापालगायतका नेताहरुको आतिथ्यता रहेको थियो ।