हेटौंडा ११ मा कांग्रेसको टोल समिति गठन, सभापतिमा बल

तु खबर संवाददाता
२०७८ फाल्गुन २, सोमबार १७:३८

मकवानपुर । नेपाली कांग्रेसले हेटौंडा ११ सागरपथमा टोल समिति गठन गरेको छ । सोमबार कांग्रेस वडा नम्वर ११ का सभापति दिपक उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा १५ सदस्यीय टोल समिति गठन गरिएको हो । समितिको सभापतिमा स्याम बहादुर बल, उपसभापतिमा सारदा ढकाल, सचिवमा पदमबहादुर दर्नाल, सह–सचिवमा अशोक थिङ र कोषाध्यक्षमा जुनु डिम्डुङ चुनिएका छन् । त्यस्तै सदस्यहरुमा अमिर लामा, सरोज विष्ट, सविना विक, बुद्धिराम भ्लोन, नरेन्द्र लोप्चन, दर्जबहादुर पाख्रिन, माया बानियाँ, खमबहादुर जर्गामगर, स्यामबहादुर थिङ र देवबहादुर थिङ चुनिएका हुन् ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका सभापति उत्सव इटेनीले कांग्रेसको संगठनलाई चुस्त दुरुस्त बनाउँदै थप संगठीत बनाउन टोलटोलमा समिति गठन गर्ने कार्य भइरहेको बताए । उनले नवगठित समितिलाई बधाई दिँदै जनताप्रति उत्तरदायी भएर काम गर्न सुझाव दिए । कार्यक्रममा कांग्रेस वडा नम्वर ११ का सल्लाहकारहरु खेमराज सापकोटा, अर्जुन कँडेल, पार्टीको वडा सचिव यज्ञबहादुर आचार्य, सहसचिव बुद्धिनाथ न्यौपानेलगायतले मन्तव्य व्यक्त गरे ।