मकवानपुरमा ६ जना कोरोना संक्रमित थपिए

तु खबर संवाददाता
२०७८ फाल्गुन २, सोमबार १६:११
file-photo

मकवानपुर । मकवानपुरमा थप ६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ जनामा ४४ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार, सो अवधिमा २१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ४ जनामा र २३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ जनामा कोरोना पुष्टि भएको हो । हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ७९ जना रहेका छन् । जसमा २ जना संस्थागत आईसोलेसनमा र ७७ जना होम आईसोलेसनमा उपचाररत छन् । सो अवधिमा जिल्लामा कोरोना संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन भएको छैन भने १३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।