लागूऔषध गाँजासहित दुई जना पक्राउ
सिन्धुली । सिन्धुली प्रहरीले ३६ केजी ८ सय ७० ग्राम लागूऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको कमलामाई नगरपालिका–४ बाट उक्त परिणामको गाजासहित आइतबार राति दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सोही नगरपालिका–१ ओख्ले बस्ने ४२ वर्षीय कालु बहादुर ब्लोन र १९ वर्षीय कृष्ण बहादुर ब्लोन रहेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान गर्नुका साथै कानूनी प्रकृया अगाडि बढाइएको सिन्धुली प्रहरीले जनाएको छ ।
