ए डिभिजन लिग : आजदेखि ११ औं चरण सुरु
काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा आजदेखि ११ औं चरण सुरु हुँदैछ । आज चार क्लब मैदान उत्रिनेछन् । जसमा अन्तिम दुई स्थानको ब्रिगेड ब्वाइज क्लब र च्यासल युथ क्लबबीच प्रतिस्प्रर्धा हुनेछ भने जावालखेल युथ क्लब र फ्रेण्ड्स क्लबबीच प्रतिस्प्रर्धा हुनेछ ।
दुबै खेल एकै समयमा हुँदैछ । ब्रिगेड र च्यासलबीचको खेल दिउँसो १ बजे दशरथ रंगशालमा सुरु हुनेछ भने जावालखेल र फ्रेण्ड्सबीचको खेल पनि १ बजे नै एन्फा कम्प्लेक्समा सुरु हुनेछ । यी चारमध्ये अंकतालिकामा जावालखेल सबैभन्दा अघि छ ।
