मकवानपुरमा थप ५ जनामा कोरोना पुष्टि

तु खबर संवाददाता
२०७८ फाल्गुन ३, मंगलवार १६:०२
filr-photo

मकवानपुर । मकवानपुमा थप ५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो सो २४ घण्टामा ४७ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

स्वास्थय कार्यालयका अनुसार, जिल्लामा २३ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा २ जना र २४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै जिल्लामा हाल सक्रिय संक्रमितको कुल संख्या ६९ पुगेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा २ जना र होम आइसोलेसनमा ६७ जना उपचाररत छन् । यस्तै, जिल्लामा सो अवधिमा ६ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन भएको छैन ।