कोरोना खोपमा लापरवाही भएको छ – छानविन समिति

तु खबर संवाददाता
२०७८ फाल्गुन ३, मंगलवार १८:५०
file-photo

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको छानविन समितिले कोरोना विरुद्धको खोपमा लापरवाही भएको निश्कर्ष निकालेको छ । कोभिड–१९ विरुद्धको खोप छानविन समितिले तयार पारेको प्रतिवेदन अनुसार पैसा लिई खोप लगाएको, खोपको उचित भण्डारण नगरेको कारणले धेरै खोप प्रयोग गर्न नमिल्ने भएको बताएको छ ।

समितिले खोप अभियान सञ्चालनका क्रममा लापरवाही गर्ने निकायबारे सत्य तथ्य छानविन गरी कारबाही सिफारिस गर्न अधिकार सम्पन्न समिति गठन गर्न सुझाव दिएको छ । कोरोना भाइरसविरुद्धको २४ लाख खोप हराएको सार्वजनिक भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले ५ सदस्यीय छानविन समिति गठन गरेका थिए ।