समाचार

एमसीसी स्वीकार्य छैनः झलनाथ खनाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमसीसीबारे भएका सबै सम्झौता उपलब्ध गराउन माग गरेका छन् । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्टबारे संसदमा सुरु भएको छलफलमा भाग लिँदै एकीकृत समाजवादीका सांसद खनालले एमसीसीबारे १२/१३ वटासम्म सम्झौता भएको बताए । उनले आफुहरु भेडाबाख्रा नभई...

एमसीसीको पक्षमा मतदान गर्ने जसपाको निर्णय

काठमाडौँ । जनता समाजवादी पार्टी जसपाले अमेरिकी सहयोग परियोजनाको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । आइतबार ललितपुरमा बसेको कार्यकारिणी समितिको बैठकले एमसीसी सम्झौता अनुमोदन गर्ने पक्षमा मतदान गर्ने सर्वसम्मत निर्णय गरेको हो । यसैबीच आज संसदमा एमसीसी पेश भएको छ । विभिन्न दलका नेताहरुले एमसीसीमाथि धारणा व्यक्त गरिरहेका...

एमसीसी संसदमा पेश गर्नु देश र जनताप्रतिको गद्धारी हो, विपक्षमा मतदान गरौँ: भीम रावल

मकवानपुर । एमाले नेता भीम रावलले अमेरिकी सहयोग परियोजना संसदमा पेश गर्नु राज्यप्रतिको अपमान र जनताप्रतिको गम्भीर धोका भएको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथिको छलफलमा भाग लिँदै उनले राष्ट्रिय स्वाधीनतासँग जोडिएको विषय संसदमा पेश गर्नु देश र जनताप्रतिकोे गद्दारी भएको बताए । उनले एमसीसीमा...

पल शाहविरुद्ध जबरजस्ती करणीको अर्को जाहेरी दर्ता

काठमाडौं । अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणी सम्बन्धी अर्को जाहेरी दर्ता भएको छ । शाहविरुद्ध इलाका प्रहरी कार्यालय नवलपुरमा आइतबार अर्को जाहेरी दर्ता भएको हो । शाहविरुद्ध पीडित १७ वर्षीया गायिकाको परिवारले नवलपुर जिल्लास्थित इलाका प्रहरी कार्यालयमा पनि जाहेरी दिएका हुन् । २०७७ चैत ७ गते राति गैँडाकोट नगरपालिका...

प्रतिनिधिसभा बैठकः एमसीसीबारे छलफल सुरु

काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसीसीमाथि प्रतिनिधिसभा संसद्मा छलफल सुरु भएको छ । आइतबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र मिलेसनियम च्यालेन्ज कर्पोरेसनबीच भएको सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका हुन् । प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरुले भने वेलमा नाराबाजी गरिरहेका छन् । एमालेले कारबाही गरेको...

आज नेप्से परिसूचक झिनो अंकले गिरावट

काठमाडौं । आज साताको पहिलो दिन आइतबार शेयर बजारमा झिनो अंकले गिरावट आएको छ । आज नेप्से परिसूचक ७.७३ अंकले घटेर २ हजार ६५३ दशमलव ७० विन्दुमा झरेको छ । गत साताको कारोबारको अन्तिम दिन ५८ अंकले घटेर बजार बन्द भएको थियो । नेप्सेमा सूचीकृत २२४ कम्पनीको ७० लाख...

एटीएम फोर्दै गरेको अवस्थामा पक्राउ परे गौतम

काठमाडौं । काठमाडौंमा बैंकको एटीएम फोर्दै गरेको अवस्थामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धुलीखेल नगरपालिका–७ घर भई हाल सानो गौचरन बस्‍दै आएका २१ वर्षीय आकाश गौतम रहेको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ । गौतमलाई शनिबार राति १ बजे काठमाडौंको नक्साल भवगतीस्थित सगरमाथा इन्स्योरेन्स भवनको...

संगीतकार दीपक जङ्गमलाई हेटौंडामा एक लाखको पुरस्कार

मकवानपुर । भीम विराग संगीत, साहित्य कला प्रतिष्ठान हेटौंडाले यस वर्षको विजुली माया वन संगीत राष्ट्रिय पुरस्कार बरिष्ठ संगीतकार प्राध्यापक दीपक जङ्गमलाई प्रदान गर्ने भएको छ । प्रतिष्ठानले १ लाख रुपैयाँ नगदसहितको उक्त पुरस्कार फागुन २८ गते शनिबार हेटौंडामा भव्य समारोहकावीच उनलाई समर्पण गरिने आइतबार हेटौंडामा पत्रकार सम्मेलन गरी...

अस्पतालको शौचालयमा शिशुको शव फेला

विराटनगर । कोसी अस्पताल विराटनगरको शौचालयमा शिशुको शव फेला परेको छ । आइतबार बिहान अस्पतालको इमर्जेन्सी वार्डमा रहेको शौचालयमा साल नालसहितको शिशुको शव फेला परेको अस्पतालले जनाएको छ । बिहान साढे ९ बजे शौचालयको प्यानभित्र हालिएको अवस्थामा साल नालसहितको शिशुको शव देखेपछि अस्पतालका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए ।...

कांग्रेस मकवानपुर अधिवेशनः सभापतिमा ३ जनाको उम्मेदवारी दर्ता

मकवानपुर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत मकवानपुर अधिवेशनमा तीनै जना सभापतिका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् । हालका पार्टी सचिव बुद्ध लामा, निवर्तमान हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली र पार्टीका सल्लाहकार जयराम लामिछानेले सभापति पदमा उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ । उम्मेदवारी दर्ता गराएपछि तीनै...