समाचार
कांग्रेस मकवानपुर अधिवेशनः को–को छन् आनन्द पराजुलीको प्यानलमा ?
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको सभापति पदमा उम्मेदवारी घोषणा गरेका आनन्दराम पराजुलीले आफ्नो चुनावी प्यानल तयार पारेका छन् । उनको समूहबाट उपसभापतिमा रमेश गिरी र भीम लामा, सचिवमा यतिराज सापकोटा र मानबहादुर पाटा मगर तथा सह–सचिवमा मीरा स्याङ्तान र कृष्णप्रसाद दाहाल रहेका छन् । उनको प्यानलबाट सदस्य पदमा उम्मेदवारी...
बुद्ध लामाको प्यानलबाट को– को बन्दैछन् उम्मेदवार ?
मकवानपुर । कांग्रेस मकवानपुरको आज हुने अधिवेशनमा नेतृत्वका लागि मैदानमा उत्रिएका बुद्ध लामा संस्थापन पक्षको आधिकारिक उम्मेदवार भएका छन् । विगतमा नेता बानियाँका लागि त्याग गरेका लामा सर्वसम्मत रुपमा जिल्लाको नेतृत्व चयनमा लचिलो बन्दा संस्थापन पक्षको साथ पाउने भएका हुन् । संस्थापन पक्षबाटै उम्मेदवार बनेका पराजुलीले आफ्नो अडान नछोड्दा...
तनहुँ प्रहरीद्वारा पल शाह पक्राउ
मकवानपुर । अभिनेता पल शाह पक्राउ परेका छन् । जवरजस्ती करणीको आरोप लागेका शाहलाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको छ । शाह नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी युवराज खड्काले जानकारी दिएका छन् । शाहले बिहानमात्रै सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ‘आइतबार प्रहरीसामु आफैं उपस्थित हुने’ बताएका थिए ।...
आज यी ६ जिल्लामा कांग्रेसको अधिवेशन हुँदै
काठमाडौं । नेपाली कांग्रेसले आज आइतबार ६ वटा जिल्लामा अधिवेशन गर्दैछ । सिन्धुपाल्चोक, मकवानपुर, सिन्धुली, पर्सा, महोत्तरी र कैलालीमा आज हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । बाँकी अन्य १० जिल्लाको अधिवेशन २० फागुनसम्म गरिसक्न निर्देशन दिइएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव अधिवक्ता केशव रिजालले जनाकारी दिए । कांग्रेसले...
आजको मौसम : यी स्थानहरुमा वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली तथा लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । यस्तै, सुदूरपश्चिम...
आज एकीकृत समाजवादीको बैठक बस्दै, एमसीसीबारे छलफल हुने
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटीको बैठक आज (आइतबार) बस्दैछ । बैठक आज बिहान ११ बजे बस्ने एकीकृत समाजवादीले जनाएको छ । बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा छलफल हुने नेताहरूले जनाएका छन् । आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ । उक्त बैठक बस्नुअघि एकीकृत...
कांग्रेस मकवानपुरको अधिवेशन आज, यस्तो छ निर्वाचन तालिका
मकवानपुर । नेपाली कांग्रेसकोे १४ औँ महाधिवेशन अन्तरगत आज मकवानपुरको अधिवेशन हुँदैछ । जिल्ला कार्यसम्पादन र कांग्रेस जिल्ला निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ । जिल्ला निर्वाचन अधिकृत गोपी शर्मा सुवेदीका अनुसार आज हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ चौकीटोल लोकप्रिय होटल अगाडि निर्वाचन प्रक्रिया सुरु हुनेछ । उनका...
हेटौंडा–१० निःशुल्क स्वास्थ्य जाँच तथा औषधी वितरण
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१० मा निःशुल्क स्वास्थ्य जाँच तथा औषधी वितरण कार्यक्रम भएको छ । कार्यक्रम हेटौंडा उपमहानगरपालिका १० नम्वर वडा कार्यालयको आयोजनामा भएको हो । सोलिड्यारिटी स्कुलमा सम्पन्न भएको उक्त कार्यक्रममा १७७ जनाले निःशुल्क सेवा लिएका थिए । हेटौंडा–१० वडाध्यक्ष किताप सिंह लामाको सभाध्यक्षता तथा हेटौंडा...
कांग्रेस मकवानपुर : आज मनोनयन दर्तादेखि अन्तिम नामावली प्रकाशन गर्ने
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको जिल्ला अधिवेशन आज (आइतबार) बाट सुरु हुने भएको छ । जिल्ला अधिवेशन अन्तरगत आज पहिलो दिन उम्मेदवारहरुको मनोनयन दर्ता गर्नेदेखि अन्तिमनामावली प्रकाशन गर्ने कार्यसूची रहेको कांग्रेस जिल्ला निर्वाचन समिति मकवानपुरले जनाएको छ । निर्वाचन समितिका अनुसार, अधिवेशनअन्तरगत आइतबार बिहान ९ बजेदेखि १ बजेसम्म मनोनयन...
१६ गतेको लागि तय भएको बागमती प्रदेशसभा बैठक स्थगित
मकवानपुर । बागमती प्रदेशसभाको फागुन १६ गतेको बस्ने गरी तय भएको ९ औँ अधिवेशन बैठक अनिश्चितकालको लागि स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ । सचिवालयले सूचना जारी गर्दै विशेष कारणवस बैठक स्थगित गर्नुपरेको उल्लेख जनाएको छ । त्यस्तै प्रदेशसभा बैठक अघि आज दिउँसो १ बजे बस्ने गरी तय भएको...









