बुद्ध लामाको प्यानलबाट को– को बन्दैछन् उम्मेदवार ?
मकवानपुर । कांग्रेस मकवानपुरको आज हुने अधिवेशनमा नेतृत्वका लागि मैदानमा उत्रिएका बुद्ध लामा संस्थापन पक्षको आधिकारिक उम्मेदवार भएका छन् । विगतमा नेता बानियाँका लागि त्याग गरेका लामा सर्वसम्मत रुपमा जिल्लाको नेतृत्व चयनमा लचिलो बन्दा संस्थापन पक्षको साथ पाउने भएका हुन् ।
संस्थापन पक्षबाटै उम्मेदवार बनेका पराजुलीले आफ्नो अडान नछोड्दा लामालाई फाइदा पुगेको काँग्रेसका नेताहरु बताउँछन् । जिल्ला सचिव लामाले संस्थापन पक्षबाट आफ्नो पदाधिकारी टुङ्ग्याएर उम्मेदवारी दर्ता गर्न प्यानल नै बनाएका छन् ।
उनलाई कांग्रेसका प्रभावशाली नेता इन्द्रबहादुर बानियाँको साथ देखिएको छ । लामाको समूहबाट उपसभापतिमा रामबाबु बानियाँ र गोपिलाल विश्वकर्मा, सचिवमा प्रदीप कोइराला र अर्जुन चौलागाईं तथा सह–सचिवमा ताराचन्द्र बजगाईं र अर्जुन तिवारी उम्मेदवार हुँदैछन् । लामाको प्यानलले उम्मेदवारी दर्ताको तयारी गरिरहेको बुझिएको छ ।
