समाचार

बनेपाको पुल बजारमा शंकास्पद वस्तु फेला

काठमाडौं । काभ्रेको बनेपास्थित पुल बजारमा शंकास्पद वस्तु फेला परेको छ । आज बिहान नो एमसीसी खतरा लेखिएको वस्तु फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले उक्त स्थानमा हाल सवारी आवतजावतमा रोक लगाइएको छ । आज एमसीसी सम्झौता संसदबाट अनुमोदन भएको विरोधमा ६ वटा कम्युनिष्ट पार्टी र दुईवटा मोर्चाले...

यस्ते रहनेछ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । महाशाखाका अनुसार, पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । देशको पहाडी भू–भागमा आंशिक बदली लगायत अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ तथा गण्डकी प्रदेशको पहाडी भू–भागको...

कांग्रेस मकवानपुरको मतदान २ घण्टा पर सर्यो

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको अधिवेशन अन्तरगत आज हुने मतदान २ घण्टा पर सरेको छ । बिहान ८ बजेबाट सुरु हुने भनिएको मतदान १० बजेदेखि मात्रै सुरु हुने भएको जिल्ला निर्वाचन अधिकृत गोपी शर्मा सुवेदीले जानकारी दिए । उनका अनुसार, मतदान स्थलको व्यवस्थापन र नेपाल बन्दको प्रभावका कारण  मतदानको...

काठमाडौंबाट ६ जना बन्दकर्ता पक्राउ

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन भएको विरोधमा बन्द गराउन हिँडेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । एमसीसी सम्झौता अनुमोदन भएको विरोधमा ६ वटा कम्युनिष्ट संगठन र दुई वटा मोर्चाले आज देशभर बन्दको आह्वान गरेको छ । बन्दकर्ताहरुलाई विभिन्न ठाउँबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर...

मकवानपुरलाई कांग्रेसमय बनाउन मेरो उम्मेदवारी: कोइराला

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता प्रदीप कोइरालाले मकवानपुर अधिवेशन अन्तरगत भोलि हुने निर्वाचनमा सचिव पदमा उम्मेदवारी दर्ता गराएका छन् । कोइरालाले सभापति पदका उम्मेदवार बुद्ध लामाको प्यानलबाट आज उम्मेदवारी दर्ता गराएका हुन् । २०३७ सालदेखि कांग्रेस रहेर राजनीतिमा निरन्तर सक्रिय रहँदै आएका उनले मकवानपुरलाई कांग्रेसमय बनाउने अभियानलाई पूर्णता...

प्रतिनिधिसभा बैठक आधा घण्टाको लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक आधा घण्टाको लागि स्थगित भएको छ । एमसीसीमाथिको सैद्धान्तिक छलफल सकिएसँगै बैठक आधा घण्टाका लागि स्थगित भएको हो बैठक आज साँझ साढे ६ बजेसम्मका लागि स्थगित भएको हो । साढे ६ बजेपछि बस्ने बैठकमा एमसीसी पारितका लागि निर्णयार्थ पेश गरिनेछ । आइतबार अपराह्नबाट सुरु भएको...

देशभर थपिए १११ जना कोरोना संक्रमित, भए ४१५ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप १११ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ९ हजार ७०८ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयकाका अनुसार सो अवधिमा ६ हजार ४८४ जनाको पीसीआर परीक्षण गर्दा ९४ जना...

पल शाहलाई ७ दिन हिरासतमा राख्‍न अदालतको आदेश

काठमाडौं । जिल्ला अदालत तनहुँले अभिनेता पल शाहलाई ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । जबरजस्ती करणीको अभियोग लागेका शाहलाई अदालतले आइतबार ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । बुधबार शाहविरुद्ध एक नाबालिका गायिकामाथि जबरजस्ती करणी गरेको आभियोगमा जाहेरी परेको थियो । त्यसपछि फरार रहँदै...

मकवानपुरमा आइतबार २ जना कोरोना संक्रमित थपिए

मकवानपुर । मकवानपुरमा थप २ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जिल्लामा आइतबार थप २८ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, सो अवधिमा २३ जनाको पीसीआर र ५ जनाको एन्टिजेन परीक्षण गर्दा...

दुर्घटनामा परेर अधिकारीको मृत्यु

कपिलवस्तु । कपिलवस्तुमा आज (आइतबार) सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको वाणगंगा नगरपालिका–१ बुङ्ची चोकस्थित सडकमा बा.३ ख ९८३० नम्बरको ट्रकले लु.३२ प ४८३२ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार बुद्धभूमि नगरपालिका–१ बस्ने २८ वर्षीय...