समाचार

राप्रपा केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको बैठक यही फागुन १८ र १९ गते बैठक बस्दैछ । काठमाडौंमा बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, देशभर सङ्गठन विस्तारको अवस्था, नेताहरूको व्यवस्थापनका साथै कार्य विभाजन, आसन्न स्थानीय तहको निर्वाचनमा कसरी पार्टीलाई सफल बनाउनेलगायत विषयमा छलफल गरिने महामन्त्री भुवन पाठकले जानकारी...

आज महाशिवरात्रि पर्व

काठमाडौं । आज देशभर महाशिवरात्रि पर्व आराध्यदेव भगवान शिवको पूजा–आराधना गरी मनाइँदैछ । हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आज मनाइने भएको हो । ब्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी ब्रत बस्ने र भगवान शिवको प्रिय वस्तु...

चुनावी मैदानमा बुद्ध र आनन्द, कसले मार्ला बाजी ?

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको सोमबार सम्पन्न मतदान अन्तरगत सभापति पदको मतगणना सकिएको छ । अन्तिम मत परिणाम अनुसार तीनै जना उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि निर्वाचन दोस्रो चरणमा धकेलिएको हो । कांग्रेसको विधानमा सभापतिको उम्मेदवारले ५१ प्रतिशत मत ल्याउनुपर्ने प्रावधान रहेको छ । अब सबैभन्दा बढी मत...

कांग्रेस मकवानपुरः बुद्धले पाए सबैभन्दा बढी भोट, ११ मतले बाहिरिए जयराम

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको सोमबार सम्पन्न मतदान अन्तरगत सभापति पदको मतगणना सकिएको छ । अन्तिम मत परिणाम अनुसार सभापति पदमा बुद्ध लामाले सबैभन्दा बढी मत पाएका छन् । उनले ५९२ मत प्राप्त गरेको कांग्रेस मकवानपुरले जनाएको छ । त्यस्तै अर्का उम्मेदवार आनन्दराम पराजुलीले ५४२ मत र जयराम लामिछानेले...

सभापति पदको सकियो मतगणना: निर्वाचन दोस्रो चरणमा धकेलियो, जयराम बाहिरिए

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको सभापति पदमा तीनै जना उम्मेदवारको ५१ प्रतिशत मत नपुगेपछि चुनाव दोस्रो चरणमा धकेलिएको छ । कांग्रेसको विधानमा सभापति निर्वाचित हुन ५१ प्रतिशत मत आवश्यक पर्दछ । अब सबैभन्दा बढी मत पाउने उम्मेदवार र निकटतम प्रतिस्पर्धीबीच पुन दोस्रो चरणको मतदान हुने भएको छ । सोमबार...

कांग्रेस मकवानपुर अधिवेशनः बानियाँ र डीना मतदान प्रक्रियामा सहभागी भएनन्

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको सोमबार सम्पन्न अधिवेशनमा बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र केन्द्रीय सह–महामन्त्री महालक्ष्मी उपाध्याय डीना मतदान प्रक्रियामा सहभागी भएनन् । संस्थापन पक्षका बानियाँको उम्मेदवार बुद्ध लामा र डीनाको उम्मेदवारको रुपमा आनन्दराम पराजुली प्यानलनै बनाएर चुनावी अभियानमा होमिएका थिए । तर, बानियाँ र डीना दुवैले मतदान...

कांग्रेस मकवानपुर अधिवेशनः मनोनयन शुल्क ४ लाख ३९ हजार

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको जिल्ला अधिवेशनमा मनोनयन दर्ता शुल्क बापत ४ लाख ३९ हजार रुपैयाँ संकलन भएको छ । निर्वाचनमा ४८ पदका लागि ११५ जनाले उम्मेदवारी दर्ता गराएका थिए । सोमबार भएको निर्वाचनमा पदाधिकारीको सभापतिमा तीन जना, उपसभापतिमा ७ जना, सचिवमा ६ जना, सह सचिवमा ७ जनाको उम्मेदवारी...

कांग्रेस मकवानपुर अधिवेशन : सकियो मतदान, केहीबेरमै मतगणना हुने

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको अधिवेसन अन्तरगत आज मतदान प्रक्रिया सकिएको छ । सोमबार साँझ ६ बजे नै मतदान प्रकृया सकीएको निर्वाचन अधिकृत गोपी प्रसाद सुबेदीले जानकारी दिए । सभापति सहित ४८ पदका लागि भएको निर्वाचनमा १ हजार ७ सय ७५ मत छ । कुल १८ सय ५३ मतदाता...

मकवानपुरमा बन्दकर्ताद्वारा गाडीमा आगजनी र तोडफोड

मकवानपुर । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन भएको विरोधमा गरिएको बन्दको केही प्रभाब मकवानपुरमा पनि परेको छ । एमसीसी सम्झौता अनुमोदन भएको विरोधमा ६ वटा कम्युनिष्ट संगठन र दुई वटा मोर्चाले आज (सोमबार) देशभर बन्दको आह्वान गरेको थियो । बन्दकर्ताले मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ रातोमाटेस्थित...

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव चैत्रमा हुने

काठमाडौं । पाँचौ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) आगामी चैत्रमा हुने भएको छ । चलचित्र महोत्सव आगामी चैत्र १७ देखि २१ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा भौतिक उपस्थितिमा हुन लागेको महोत्सव गत वर्ष भने कोरोना भाइरसका कारण भर्चुअल माध्यमबाट गरिएको थियो ।...