नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव चैत्रमा हुने

तु खबर संवाददाता
२०७८ फाल्गुन १६, सोमबार १७:५४

काठमाडौं । पाँचौ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) आगामी चैत्रमा हुने भएको छ । चलचित्र महोत्सव आगामी चैत्र १७ देखि २१ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा भौतिक उपस्थितिमा हुन लागेको महोत्सव गत वर्ष भने कोरोना भाइरसका कारण भर्चुअल माध्यमबाट गरिएको थियो ।

यस महोत्सवमा ३८ देशका ८९ चलचित्रहरूबीच प्रतिस्पर्धा हुनेछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय, लामा छोटा, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रहरूको ७ वटा विधाको प्रतिस्पर्धामा १४ वटा पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ । चलचित्र महोत्सवबारे आयोजना गरिएको कार्यक्रममा बोल्दै अभिनेता निर शाहले पहिलो संस्करण भन्दा चलचित्र महोत्सव अहिले परिष्कृत भएर आइरहेको बताए । उनले यस महोत्सवले नेपाली चलचित्रको क्षेत्रलाई थप योगदान दिएको बताए ।