समाचार
फेरी बढ्यो पेट्रोलियम पदार्थको भाउ
काठमाडौं । इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट फेरी पेट्रोलियम पदार्थको भाउ बढेर आएको छ । भारतबाट आज प्राप्त नयाँ मूल्य सूचीअनुसार सबै पेट्रोलियम पदार्थको भाउ बढेको नेपाल आयल निगमले जनाएको छ । प्राप्त नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर ३.८९ रुपैयाँ, डिजेल ३.०८ रुपैयाँ र मट्टितेल प्रतिलिटर १०.३० रुपैयाँ बढेर...
सभापति लामाको हरेक चुनौतीमा साथ दिन्छु: आनन्दराम पराजुली
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको सोमबार सम्पन्न निर्वाचनमा सभापतिका उम्मेदवार आनन्दराम पराजुलीले नवनिर्वाचित बुद्ध लामाको कार्यकालमा आउने जस्तो सुकै चुनौतीमा आफ्नो साथ रहने प्रतिवद्धता जनाएका छन् । निर्वाचन समितिबाट नवनिर्वाचित सभापतिलाई प्रमाणपत्र हस्तान्तरण गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पराजुलीले आफु सभापति नभएपनि सभापतिमा विजयी भएका लामाको हरेक चुनौतीमा सँधै...
निर्वाचन समितिद्वारा नवनिर्वाचित सभापति लामालाई प्रमाणपत्र प्रदान
मकवानपुर । निर्वाचन समितिले कांग्रेसका नवनिर्वाचित जिल्ला सभापति बुद्ध लामालाई प्रमाणपत्र हस्तान्तरण गरेको छ । पार्टी कार्यालय हेटौंडामा मंगलबार एक कार्यक्रमको आयोजना गरी निर्वाचन अधिकृत गोपीशर्मा सुवेदीले नवनिर्वाचित लामालाई प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । अर्का उम्मेदवार आनन्दराम पराजुलीले हार्दिकता प्रस्तुत गर्दै सहमति जनाएपछि लामा दोस्रो चरणमा निर्विरोध निर्वाचित भएका...
कांग्रेस मकवानपुरको सभापतिमा बुद्ध लामा चयन
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको सभापतिमा बुद्ध लामा चयन भएका छन् । पहिलो चरणको मतदान अनिर्णित बनेपछि नेताहरुबीच सभापतिमा लामालाई सर्वसम्मत चयन गर्ने सहमति भएको कांग्रेस मकवानपुरका कार्यबाहक सभापति विष्णुप्रसाद लामिछानेले जानकारी दिए । कांग्रेसकी केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’, बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, सभापतिका उम्मेदवार लामा, आनन्दराम...
कांग्रेस मकवानपुरः दोस्रो चरणको निर्वाचन १ बजेबाट
मकवानपुर । कांग्रेस मकवानपुरको सभापति पदका लागि दोस्रो चरणको निर्वाचन मंगलबार १ बजेबाट हुने भएको छ । सोमबार सम्पन्न निर्वाचनमा सभापतिका तीन जना उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि सबैभन्दा बढी मत ल्याउने उम्मेदवार र निकटतम प्रतिस्पर्धीबीच चुनाव गरिन लागेको निर्वाचन समितिले जनाएको छ । समितिले मतदानको...
कांग्रेस सिन्धुलीको सभापतिमा पोख्रेल
काठमाडौं । नेपाली कांग्रेस सिन्धुलीको सभापतिमा उपेन्द्र पोख्रेल निर्वाचित भएका छन् । अर्का उम्मेदवार उज्ज्वल बराललाई पराजित गर्दै पोख्रेल सभापति पदमा निर्वाचित भएका हुन् । पोख्रेलले ८८५ मत प्राप्त गर्दा बरालले ४७७ मत प्राप्त गरेका थिए । जिल्ला सभापतिका लागि पाँच जनाले उम्मेदवारी दर्ता गराएकामा आइतबार भएको मतदानमा कुनै...
कांग्रेस अधिवेशनः अब सहमति कि दोस्रो चरणको निर्वाचन ?
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको सोमबार सम्पन्न मतदान अन्तरगत सभापति पदको मतगणना सकिएको छ । अन्तिम मत परिणाम अनुसार तीनै जना उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि निर्वाचन दोस्रो चरणमा धकेलिएको छ । कांग्रेसको विधानमा सभापतिको उम्मेदवारले ५१ प्रतिशत मत ल्याउनुपर्ने प्रावधान रहेको छ । सबैभन्दा बढी मत पाएको...
रुसको हमलामा ३५२ युक्रेन नागरिकको मृत्यु
युक्रेन । संयुक्त राष्ट्रसंघको महासभामा अहिलेसम्म रुसको हमलामा परेर हालसम्म ३५२ युक्रेनी नागरिकको मृत्यु भएको छ । युक्रेनका कूटनीतिज्ञले दिएको जानकारी अनुसार, रुसको हमलामा १६ बालबालिकासहित ३५२ जनाको मृत्यु भएको हो । गोलाबारी अझै जारी रहेको र मर्नेहरूको संख्या बढ्न सक्ने उनीहरूको भनाइ छ । युक्रेनका राष्ट्रपतिले पछिल्ला पाँच...
मोटरसाइकल चोरी गरेर बेच्ने घिसिङ प्रहरीको फन्दामा
काठमाडौं । मोटरसाइकल चोरी गरेर बेच्ने गरेको आरोपमा प्रहरीले काठमाडौं उपत्यकाबाट एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप घर भई काभ्रेको बनेपा–१३ थापागाँउ बस्दै आएका १८ वर्षीय छिरिङ घिसिङ रहेका छन् । घिसिङलाई महानगरीय प्रहरी परिसर भक्तपुरले दुई वटा मोटरसाइकल र चार स्कुटरसहित पक्राउ गरेको हो ।...
मृग मारेको आरोपमा श्रेष्ठ पक्राउ
संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–७ वालेश्वर गुफाबाट रतुवा मृग मारेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सभापोखरी गाउँपालिका घर भई हाल चैनपुर–७ फलाटे बस्ने ३५ वर्षीय दिलबहादुर श्रेष्ठ रहेका छन् । श्रेष्ठलाई चैनपुर–७ वालेश्वर गुफाबाट नजिकैबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ ।...










