आज यी ६ जिल्लामा कांग्रेसको अधिवेशन हुँदै
काठमाडौं । नेपाली कांग्रेसले आज आइतबार ६ वटा जिल्लामा अधिवेशन गर्दैछ । सिन्धुपाल्चोक, मकवानपुर, सिन्धुली, पर्सा, महोत्तरी र कैलालीमा आज हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।
बाँकी अन्य १० जिल्लाको अधिवेशन २० फागुनसम्म गरिसक्न निर्देशन दिइएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव अधिवक्ता केशव रिजालले जनाकारी दिए । कांग्रेसले गत बुधबार एक सूचना जारी गरी फागुन १५ गतेका लागि निर्धारित गरिएको १० वटा जिल्लाको अधिवेशन स्थगित गरेको थियो । कांग्रेसले सप्तरी, सिरहा, धनुषा, सर्लाही, रौतहट, बारा, चितवन, नवलपुर, बाँके र अछामको जिल्ला अधिवेशन स्थगित गरेको हो ।
