प्रतिनिधिसभा बैठकः एमसीसीबारे छलफल सुरु

तु खबर संवाददाता
२०७८ फाल्गुन १५, आईतवार १५:५५

काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसीसीमाथि प्रतिनिधिसभा संसद्मा छलफल सुरु भएको छ । आइतबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र मिलेसनियम च्यालेन्ज कर्पोरेसनबीच भएको सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका हुन् ।

प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरुले भने वेलमा नाराबाजी गरिरहेका छन् । एमालेले कारबाही गरेको १० जनाको कारबाही सदर गरिनुपर्ने अन्यथा सभामुख अग्निप्रसाद सापकोटाले राजीनामा दिनुपर्ने माग गर्दै लामो समयदेखि संसद अवरुद्ध पार्दै आएको छ ।