एमसीसीको पक्षमा मतदान गर्ने जसपाको निर्णय

तु खबर संवाददाता
२०७८ फाल्गुन १५, आईतवार १६:१०

काठमाडौँ । जनता समाजवादी पार्टी जसपाले अमेरिकी सहयोग परियोजनाको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । आइतबार ललितपुरमा बसेको कार्यकारिणी समितिको बैठकले एमसीसी सम्झौता अनुमोदन गर्ने पक्षमा मतदान गर्ने सर्वसम्मत निर्णय गरेको हो ।

यसैबीच आज संसदमा एमसीसी पेश भएको छ । विभिन्न दलका नेताहरुले एमसीसीमाथि धारणा व्यक्त गरिरहेका छन् । नेकपा एमालेले भने अवरोध कायमै राखेको छ । उसले कारवाही गरिएका १० जनाको कारवाही सदर गरिनुपर्ने अन्यथा सभामुख अग्निप्रसाद सापकोटाले राजीनामा दिनुपर्ने माग गर्दै संसद् अवरुद्ध पार्दै आएको थियो । आज भने एमालेको अवरोध प्रभावकारी देखिएको छैन । वक्ताहरुले सजिलै रोष्टममा पुगेर आफ्ना धारणा सार्वजनिक गरिरहेका छन् ।