अस्पतालको शौचालयमा शिशुको शव फेला
विराटनगर । कोसी अस्पताल विराटनगरको शौचालयमा शिशुको शव फेला परेको छ । आइतबार बिहान अस्पतालको इमर्जेन्सी वार्डमा रहेको शौचालयमा साल नालसहितको शिशुको शव फेला परेको अस्पतालले जनाएको छ ।
बिहान साढे ९ बजे शौचालयको प्यानभित्र हालिएको अवस्थामा साल नालसहितको शिशुको शव देखेपछि अस्पतालका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय मोरङले शिशुको आमाको पहिचान गर्ने प्रयास भइरहेको जनाएको छ ।
