समाचार

माओवादी मकवानपुरले तोक्यो चुनावी कमाण्डर

मकवानपुर । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिको बैठकले चुनावी कमाण्ड तोकेको छ । जिल्ला समन्वय समितिका संयोजक सर्केश घलानको अध्यक्षतामा बसेको बैठकले दश वटै स्थानीय तहमा चुनावी कमाण्ड तोकेको हो । बैठकले बागमती गाउँपालिकामा जिल्ला संयोजक सर्केश घलान, बकैया गाउँपालिकामा केन्द्री सदस्य बिजय गौतम, हेटौंडा उपमहानगरपालिकामा केन्द्रीय सदस्य...

हेटौंडामा दुई दिने बाल साहित्य कार्यशाला

मकवानपुर । हेटौंडामा शुक्रबारबाट सुरु भएको बाल साहित्य कार्यशालाको आज दोस्रो दिन ‘बालबालिकाले के पढ्ने र कसरी लेख्ने ?’ भन्ने विषयमा बहस कार्यक्रम संचालन हुँदैछ । बहसमा बाल साहित्य समाज नेपालका अध्यक्ष प्रा.डा. ध्रुवकुमार घिमिरे, लेखक अनुराधा शर्मा, प्रकाशक रामचन्द्र तिमोथी र बाल साहित्यका अभियन्ता दीपक गौतमको सहभागीता छन्...

कांग्रेस हेटौंडा नगरमा १७ जना मनोनित

मकवानपुर । नेपाली कांग्रेस हेटौंडा नगर कार्य समिति कोषाध्यक्षसहित १७ जना सदस्यमा मनोनित गरिएको छ । नेपाली कांग्रेस, हेटौंडा नगर समितिको शुक्रबार सम्पन्न तेस्रो भेलाबाट नगर कोषाध्यक्षमा कुल प्रसाद चौलागाईं चयन भएका छन् । त्यसैगरी शुक्रबार सम्पन्न भेलाले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट हेटौंडा उपमहानगरमा...

बालिका जवरजस्ती करणी गर्ने हेटौंडाका लामालाई १८ वर्ष कैद फैसला

मकवानपुर । १२ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले एक युवकलाई १८ वर्ष कैद सजायको फैसला गरेको छ । शुक्रबार जिल्ला न्यायाधीस डिल्लीरत्न श्रेष्ठको एकल इजलासले हेटौंडा उपमहानगरपालिका—११ का ३९ वर्षीय विमल लामालाई १८ वर्ष कैद सजाय सुनाएको श्रेस्तेदार तीर्थ भट्टराईले जानकारी दिए । अभियुक्त...

हेटौंडामा बासुदेव बहुउद्देश्य व्यापारिक भवनको शिलान्यास

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले हेटौंडा–४ हुप्रचौरमा रहेको बासुदेव सभागृह भत्काएर व्यापारिक भवनको शिलान्यास गरेको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बासुदेव बहुउद्देश्य व्यापारिक भवनको शुक्रबार शिलान्यास गरेका हु्न । मेयर महतले विधिवत् पूजा गरी ४७ करोड ९३ लाख ७२ हजार रुपैयाँ लागतमा निर्माण हुन लागेको ११ तले भवनमा...

प्रणामी व्यवसायी संघ मकवानपुरको भेला आज

मकवानपुर । प्रणामी व्यवसायी संघ नेपाल मकवानपुरको प्रथम जिल्ला भेला आज (शनिबार) हुँदैछ । भेला संघका केन्द्रीय अध्यक्ष बिष्णुप्रसाद वाग्लेको प्रमुख आतिथ्यतामा हुने भएको हो । भेलाले जिल्लाको नयाँ नेतृत्व चयन गर्ने र प्रणामी व्यवसायीहरुलाई ऐक्यबद्धता गरी प्रणामी व्यवसायीको हकहितको लागि नीति निर्माण गरिने संघका मकवानपुर जिल्ला संयोजक बिनोद...

हेटौंडामा मेयर कप रेपिड बुद्धिचाल सुरु

मकवानपुर । हेटौंडामा मेयरकप रेपिड बुद्धिचाल प्रतियोगिता–२०७८ सुरु भएको छ । बुद्धिचाल प्रतियोगिता नेपाल खेलकुद महासंघ र बागमती प्रदेश बुद्धिचाल संघको संयुक्त आयोजनामा शुक्रबारबाट सुरु भएको हो । महासंघ अध्यक्ष सविन लामाको सभाध्यक्षतामा सुरु भएको उक्त प्रतियोगिताको उद्घाटन हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले गरेका थिए । दुई दिनसम्म संचालन...

चैत्र मसान्तसम्ममा हातहतियार बुझाउन जिल्ला प्रशासनको निर्देशन

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले चैत्र मसान्तसम्ममा हातहतियार बुझाउन निर्देशन दिएको छ । प्रशासनले शुक्रबार एक सूचना जारी गरी इजाजत प्राप्त हातहतियार नजिकैको प्रहरी चौकीमा बुझाउन निर्देशन दिएको हो । गृहमन्त्रालयको निर्देशन अनुसार सो सूचना जारी गरेको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए । जारी सूचनामा भनिएको...

मकवानपुरका गोङ्वा पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध अफिम र भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका वडा नम्वर ५ बस्ने ५२ वर्षीय डिलबहादुर गोङ्वा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । गोङ्वालाई जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहत अस्थायी प्रहरी...

खुकुरी प्रहार गरेको आरोपमा ५ जना पक्राउ

काठमाडौं । ज्यान मार्ने उद्देश्यले ललितपुर महालक्ष्मी डेरा गरी बस्ने २५ वर्षीय पुरुषलाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले एक जनलाई पक्राउ गरेको छ । उनीहरुलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरी टोलीले काठमाडौंका विभिन्न स्थानबाट बुधबार पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा काठमाडौं जडिबुटी बस्नेहरु रामेछाप मन्थली नगरपालिका–१३ घर...