समाचार

मकवानपुरगढीमा आज सार्वजनिक विदा

मकवानपुर । मकवानपुरगढी गाउँपालिकाले आज (आइतबार) सार्वजनिक विदा दिएको छ । गाउँपालिकाले बालमैत्री गाउँपालिका घोषणा भएको अवसरमा आइतबार सार्वजनिक विदा दिएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले एक सूचना जारी गर्दै सो बारे जानकारी गराएका हुन् । जारी सूचनामा मकवानपुरगढी गाउँपालिका बालमैत्री गाउँपालिका घोषणाको अवसरमा गाउँपालिकाभित्रका सरकारी...

प्रणामी व्यवसायी संघ मकवानपुरको अध्यक्षमा पुडासैनी

मकवानपुर । प्रणामी समुदायका युवाहरुको साझा संस्था प्रणामी व्यवसायी संघ मकवानपुरको अध्यक्षमा विनोद पुडासैनी चयन भएका छन् । संघको शनिवार हेटौंडामा भएको प्रथम जिल्ला अधिवेशनले पुडासैनीको संयोजकत्वमा १६ सदस्यीय कमिटी गठन गरेको हो । यस्तै, समितिको उपाध्यक्षमा प्रकाश वाग्ले र रमेश मुडवरी, सचिवमा सागर उप्रेती, कोषाध्यक्षमा भरिपूर्ण नेपाल, सहसचिवमा...

तरुण दल हेटौंडा–२ को कार्यलय उद्घाटन

मकवानपुर । नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दल हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ समितिको शनिवार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ पल्पसा रोडमा रहेको कार्यलयको नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले रिवन काटेर कार्यलयको उद्घाटन गरेका हुन । कार्यक्रममा बोल्दै प्रमुख अतिथि सभापति...

हेटौंडा–२ र ७ मा कांग्रेसको टोलमा समिति गठन

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले ‘घरघर जिताऔं, कांग्रेस जिताऔं’ अभियानअन्तर्गत शनिबार हेटौंडाको दुई वटा वडामा टोल कार्य समिति गठन गरेको छ । शनिबार कांग्रेस हेटौंडा– ७ मा वडाको अग्राठे टोलमा भएको भेलाले अग्राठे टोल समिति गठन गरेको छ । खेमराज थिङ नेतृत्वमा १९ सदस्यीय टोल समिति गठन गरिएको छ...

बासुदेव सभागृहः संरक्षणमा सिन्को नभाँच्ने मेयर, अस्तित्व मेटाउन अग्रसर

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा सुविधायुक्त सभागृहको अभाव छ । प्रदेशका मन्त्रालयहरु, सरकारी कार्यालयहरुले मात्रै नभई हेटौंडा उपमहानगरपालिकाले नै नगर परिषद् नीजि पार्टी प्यालेसमा भाडा तिरेर गर्दै आएको छ । तर, आफ्नै करोडौँ लगानी परिसकेको हेटौंडा –४ हुप्रचौरस्थित बासुदेव सभागृह भत्काएर उपमहानगरले व्यावसायिक बहुउदेश्यीय भवन निर्माणको कार्य अघि...

दाङमा डुबेर दुई जनाको मृत्यु

दाङ । दाङको राप्ती गाउँपालिका–१ माथिल्लो भालुबाङको राप्ती नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्घाखाँचीको सितगंगा नगरपालिका–८ लापेका अन्दाजी २५ वर्षीय शुक्रराज घर्तीमगर रहेको जिल्ला प्रहरी कार्यालय घोराहीले जनाएको छ । विदेशबाट तीन महिना पहिले मात्रै फर्किएका मगरको नदीमा नुहाउने क्रममा नदीमा डुबेर मृत्यु भएको...

हात्ती लिएर भारत जाँदै गरेका माउतेसहित तीन पक्राउ

पर्सा । नेपाल दुई वटा हात्ती लिएर भारत गइरहेका दुई माउतेसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका–१८ का ६० वर्षीय बुद्धिराम महतो, ४० वर्य राजु कुमाल र पर्सा पकहामैनपुर गाउँपालिका–५ का ३५ वर्षीय सफरोज आलम रहेका छन् । उनीहरुलाई पर्सा पकहामैनपुर गाउँपालिका–५ बाट...

झडपमा परेर सांसद प्रमोद साह घाइते

जनकपुरधाम । सडकको विषयलाई लिएर सर्लाहीको ईश्वरपुर नगरपालिकाका भएको झडपमा प्रतिनिधिसभा सदस्य प्रमोद साह घाइते भएका छन् । नगरपालिकाको वडा नम्वर ६ बयलबास बजारमा शनिबार सडकको विषयमा विवाद भएर दुई पक्षबीच झडप हुँदा संसद साह घाइते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प्रहरी अनुसार, घाइते सांसदको टाउकोमा...

थप ८ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या साढे १७ सय

काठमाडौं । नेपालमा थप ८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ हजार ६ सय ५५ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै देशभर सक्रिय संक्रमितको संख्या १ हजार ७ सय ५८ जना पुगेको...

मेयर कप रेपिड बुद्धिचालको उपाधि हेटौंडाका भण्डारीलाई

मकपवानपुर । हेटौंडा मेयर कप रेपिड बुद्धिचाल प्रतियोगिताको उपाधी फिडे मास्टर क्षितिज भण्डारीले हात पारेका छन् । प्रतियोगिताको सातौं तथा अन्तिम राउण्डमा काठमाडौंका पूर्वनेपाल च्याम्पियन मनिष हमालसँग बराबरी खेल्दै हेटौंडाका भण्डारीले उपाधि हाल पारेका हुन् । ६ अंकका साथ विजयी भएका भण्डारीले नगद ५० हजार रुपैयाँ प्राप्त गरेका छन्...