मकवानपुरगढीमा आज सार्वजनिक विदा

तु खबर संवाददाता
२०७८ चैत्र १३, आईतवार ०८:३८

मकवानपुर । मकवानपुरगढी गाउँपालिकाले आज (आइतबार) सार्वजनिक विदा दिएको छ । गाउँपालिकाले बालमैत्री गाउँपालिका घोषणा भएको अवसरमा आइतबार सार्वजनिक विदा दिएको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले एक सूचना जारी गर्दै सो बारे जानकारी गराएका हुन् । जारी सूचनामा मकवानपुरगढी गाउँपालिका बालमैत्री गाउँपालिका घोषणाको अवसरमा गाउँपालिकाभित्रका सरकारी तथा गैर सरकारी संघ संस्थालाई लगाू हुनेगरी सार्वजनिक विदा दिइएको उल्लेख छ ।

मकवानपुरगढी गाउँपालिका जिल्लाको तेस्रो र देशको चौथो बालमैत्री गाउँपालिका घोषणा भएको छ । शनिबार आज बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले मकवानपुगढी गाउँपालिकालाई बालमैत्री गाउँपालिकाको रूपमा घोषणा गरेका थिए ।