समाचार
राप्रपाको केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा थापा
काठमाडौं । राप्रपाको केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा निरञ्जन थापा चयन भएका छन् । उनलाई अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा चयन गरेका हुन् । अध्यक्ष राजेन्द्र लिङ्देनले आइतबार उनलाई पार्टी कार्यालयमा सल्लाहकार समितिको अध्यक्षमा मनोनयनको पत्र हस्तान्तरण गरे । आजै राप्रपाको विभागीय प्रमुखसँग बैठक पनि बसेको छ ।...
अवैध लागूऔषधसहित चार जना पक्राउ
नवलपरासी (पूर्व) । नवलपरासीको देवचुली नगरपालिका–१६ सिर्जना चोकबाट करिब ६ सय ग्राम अवैध लागूऔषध गाँजासहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ६३ वर्षीया सोम माया नेपाली र ४५ वर्षीया मनकला सार्की रहेका छन् । सोम माया नेपालीको घरमा अवैध रुपमा लागूऔषध लुकाई राखेको...
हेटौंडामा युवतीलाई छुरा प्रहार गर्ने यादव अझै फरार…
मकवानपुर । शुक्रबार साँझ हेटौंडामा एक युवतीलाई छुरा प्रहार गर्ने युवकलाई प्रहरीले अझै नियन्त्रणमा लिन सकेको छैन । हेटौंडा–२ निवासी २९ बर्षीय सिर्जन यादवले हेटौंडा–७ हरियालीमा बस्ने २४ बर्षीया शनिशा राईलाई छुरा प्रहार गरी फरार गरेका थिए । उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।...
सर्लाही दुर्घटना अपडेट : मृतकमध्ये दुई जनाको सनाखत
जनकपुरधाम । सर्लाहीमा आइतबार भएको बस दुर्घटनामा परी मृत्यु भएकामध्ये दुई जनाको सनाखत भएको छ । मृत्यु हुनेमा भारतको वेतिया बेलसन्धि कोडार पिपरा पंचायत वस्ने २५ वर्षीय सुनिल यादव र सिन्धुलीको तिनपटा गाउँपालिका २ बस्ने ३० बर्षीया र्शिला कार्की श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, दुर्घटनामा मृत्यु...
४१ अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं । आज साताको पहिलो दिन आइतबार शेयर बजारमा उच्च गिरावट आएको छ । आज नेप्से परिसूचक ४१ दशमलव ४३ अंक अर्थात् १ दशमलव ५९ प्रतिशतले घटेर २ हजार ५७२ दशमलव २३ विन्दुमा पुगेको छ । अघिल्लो साताको अन्तिम दिन नेप्से परिसूचक १६ दशमलव ६९ अंकले घटेर २ हजार...
अष्ट्रेलिया प्रवेश गर्न पीसीआर रिपोर्ट नचाहिने
काठमाडौँ । अष्ट्रेलिया प्रवेश गर्न पीसीआर रिपोर्ट नचाहिने भएको छ । अष्ट्रेलियाका स्वास्थ्यमन्त्री ग्रेग हन्टले विदेशी यात्रुले अष्ट्रेलिया प्रवेश गर्नुअघि पीसीआर परीक्षणको व्यवस्था हटाइएको जानकारी दिएका छन् । कोरोना भाइरसविरुद्ध खोपको तीव्रतासँगै महामारीको जोखिम कम भएको अनुमानसहित नयाँ व्यवस्था गरिएको बताइएको छ । पीसीआर रिपोर्ट अनिवार्य नभएपनि मास्कको प्रयोगलाई...
एक लाख म्यादी प्रहरीको लागि ३ लाखले दिए आवेदन
काठमाडौं । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना हुन झण्डै ३ लाख जनाले आवेदन दिएका छन् । प्रहरी प्रधान कार्यालय, नक्सालले चैत्र ६ गतेदेखि ११ गतेसम्मका लागि दर्खास्त दिन आह्वान गरेकोमा झण्डै ३ लाख जनाले आवेदन दिएका हुन् । म्यादी प्रहरीमा भर्ना हुन...
धनुषामा प्रहरी र व्यवसायीबीच झडप
धनुषा । विदेह नगरपालिका तिनकौरियामा व्यवसायी र प्रहरीबीच झडप हुँदा प्रहरीसहित २ जना घाइते भएका छन् । अज्ञात समूहले पानपसलमा आगजनी गरेको भन्दै आक्रोशित बनेका स्थानीय व्यवसायीहरुले विरोध प्रदर्शन गर्दा झडप भएको हो । जिल्ला प्रशासन कार्यालय धनुषाले झडपमा परी स्थानीय र एकजना प्रहरी घाइते भएको जानकारी दिएको छ...
प्रदेश १: हिउँदे अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौँ । प्रदेश नम्वर १ को आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालु हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकका निर्णयबारे जानकारी दिँदै यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले प्रदेश सभाको चालू हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखको कार्यालयमा पत्र पठाउने निर्णय भएको जानकारी दिए । प्रदेश...
सर्लाहीमा बस दुर्घटनाः ४ जनाको मृत्यु, ३ दर्जन घाइते
काठमाडौँ । सर्लाहीको फुलजोर खोलाको पुलबाट यात्रुबाहक बस खसेर दुर्घटना हुँदा बसमा सवार ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सोही दुर्घटनामा परी ३ दर्जन यात्रु घाइते भएका छन् । दुर्घटनामा परेर मृत्यु भएका चार जनाको शव पोष्टमार्टमका लागि मलंगवा पठाइएको र घाइतेहरूको लालबन्दी र रानीगंजस्थित स्वास्थ्य केन्द्रमा...









