प्रदेश १: हिउँदे अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद्को निर्णय

तु खबर संवाददाता
२०७८ चैत्र १३, आईतवार १५:२०

काठमाडौँ । प्रदेश नम्वर १ को आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालु हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।  मन्त्रिपरिषद्को बैठकका निर्णयबारे जानकारी दिँदै यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले प्रदेश सभाको चालू हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखको कार्यालयमा पत्र पठाउने निर्णय भएको जानकारी दिए ।

प्रदेश नं.१ मन्त्रिपरिषद्को सिफारिस बमोजिम प्रदेश प्रमुख परशुराम खापुङ्गले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम आज राति १२ बजेदेखि प्रदेशसभाको नवौं तथा चालू हिउँदे अधिवेशन अन्त्य गरेका हुन् ।  यस अघि बागमती प्रदेशमा पनि हिउँदे अधिवेशन अन्त्य भएको छ ।