सर्लाही दुर्घटना अपडेट : मृतकमध्ये दुई जनाको सनाखत

तु खबर संवाददाता
२०७८ चैत्र १३, आईतवार १५:५६

जनकपुरधाम । सर्लाहीमा आइतबार भएको बस दुर्घटनामा परी मृत्यु भएकामध्ये दुई जनाको सनाखत भएको छ । मृत्यु हुनेमा भारतको वेतिया बेलसन्धि कोडार पिपरा पंचायत वस्ने २५ वर्षीय सुनिल यादव र सिन्धुलीको तिनपटा गाउँपालिका २ बस्ने ३० बर्षीया र्शिला कार्की श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, दुर्घटनामा मृत्यु हुने एक जना पुरुष र एक जना महिलाको भने हाल सनाखत हुन सकेको छैन । दिउँसो बीरगंजबाट जनकपुरधामतर्फ आउँदै गरेको ना ४ ख ८५५५ नम्वरको बस लालबन्दी नगरपालिकास्थित फुलजोर पुलबाट तल खसेर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा ३२ जना घाइते भएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।