हेटौंडा–२ र ७ मा कांग्रेसको टोलमा समिति गठन
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले ‘घरघर जिताऔं, कांग्रेस जिताऔं’ अभियानअन्तर्गत शनिबार हेटौंडाको दुई वटा वडामा टोल कार्य समिति गठन गरेको छ । शनिबार कांग्रेस हेटौंडा– ७ मा वडाको अग्राठे टोलमा भएको भेलाले अग्राठे टोल समिति गठन गरेको छ ।
खेमराज थिङ नेतृत्वमा १९ सदस्यीय टोल समिति गठन गरिएको छ । गठन गरिएको टोली समिति उपाध्यक्षमा पूर्ण राज थिङ, सचिवमा मन्जिल घलान र सह–सचिवमा हस्तमाया मगर रहेका छन् । यसैगरी टोल समिति गठन कार्यक्रममा जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको कांग्रेस हेटौंडा–७ का तरुण उपाध्यक्ष खडानन्द चौलागाईले बताए ।
नेपाली कांग्रेस हेटौंडा नगर सभापति उत्सव इटेनी, कांग्रेस मकवानपुरका पुर्व सचिव आनन्दराम पराजुलीको आतिथ्यता तथा कांग्रेस हेटौंडा–७ का प्रतिनिधि अर्जुन प्रसाद चौलागाईको विशिष्ट आतिथ्यतामा सम्पन्न भेलाले उक्त टोल समिति गठन गरेको हो । कांग्रेस हेटौंडा–७ का सभापति दामोदर गौतमको अध्यक्षतामा सम्पन्न समिति गठन अभियानमा ७ नम्वर कार्य समिति उपसभापति रितुप्रसाद तिमल्सिना, उमेश केसी, सचिव प्रकाश कार्की, कोषाध्यक्ष रामचन्द्र अधिकारी, कांग्रेस हेटौंडा नगर कोषाध्यक्ष कुलप्रसाद चौलागाई, नगर सदस्य दिलीप घिमिरेलगायतको उपस्थिती रहेको थियो ।

त्यसैगरी, कांग्रेसको सोही अभियान अन्तर्गत हेटौंडा–२ मा श्रृजनशील टोल ईकाइ समिति गठन गरिएको छ । मञ्जु नेपालको संयोजकत्वमा १३ सदस्यीय टोल समिति गठन गरेको हो । गठन गरिएको उप–संयोजकमा सुरजकुमार बजगाई, सचिवमा सृष्टी सिग्देल, कोषाध्यक्षमा प्रदिप लामिछाने रहेका छन् ।
हेटौंडा–२ का वडासभापति भवसागर श्रेष्ठको सभाध्यक्षातामा सम्पन्न गठन कार्यक्रममा हेटौंडा–२ का वडा प्रतिनिधि हरी वाग्ले, कांग्रेस मकवानपुरका पुर्व सचिव आनन्दराम पराजुली, कांग्रेस मकवानपुर नेता इश्वर पण्डित, शिक्षक संघका कार्यवाहक सचिव टिकाप्रसाद दाहाल, प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारीलगायतको उपस्थिती रहेको थियो ।
